महिनावारीमा देखिने समस्या र समाधान

भनेको के हो ?
महिनावारी भनेको महिलाहरुको मासिक धर्मचक्रको क्रमशः बन्द हुने प्रक्रियाको शुरुवात हो । यो कुनै बिमार (रोग) होइन । बरु यसलाई एउटा नयाँ र भरिपूर्ण जीवनको शुरुवात भन्न उपयुक्त हुन्छ । यहाँँ बुझ्नु पर्ने कुरा के हो भने महिलाहरुमा महिनावारीका लक्षणहरु भिन्नभिन्न रुपमा देखा पर्न सक्छ ।
सबै महिलाहरुलाई एउटै रुपमा महिनावारीका लक्षणहरु नदेखिन सक्छन्, जसलाई उनको स्वास्थ्य अवस्था, पारिवारिक, आर्थिक र सामाजिक परिवेशले पनि केही न केही रुपले प्रभाव पारेको हुन सक्छ ।
पचास वर्षको सेरोफेरोमा महिलाहरुको डिम्बग्रन्थी जुन स्त्रीलिंग हार्मोनहरुको मुख्य उत्पादक हो, विस्तारै विस्तारै काम गर्न बन्द गर्छन् । यो प्रकृया अन्तिम महिनावारी चक्र भन्दा तीन देखि पाँच वर्ष पहिले नै शुरु भइसक्दछ ।
महिनावारीका समस्या के–के हुन् ?
महिलाहरुको शरीरमा हार्मोनको कमीले गर्दा विभिन्न प्रकारका शारीरिक र मानसिक प्रभावहरु पर्न सक्दछन् । जस्तै शरीरमा अत्यधिक गर्मीको अनुभव हुनु, राति पसीना आउनु, योनी मार्गमा शुस्कता हुनु, मनोदशामा अस्थिरता आउनु, छट्पटि लाग्नु, टाउको दुख्नु, अनिद्रा, उदाशीनता र चिन्ता एवम् यौनइच्छामा कमी आउनु आदि समस्याहरु हुन्छन् । माथिका लक्षणहरुमध्ये केही महिनावारी भन्दा पहिले र केही महिनावारी लगत्तै देख्न पाइन्छ ।

हेरचाहका तरिका
महिनावारी स्त्रीहरुको जीवनको एउटा प्राकृतिक अवस्था हो । यो जननीय अवस्थासँग सम्बन्धित परिवर्तन हो, जसले गर्दा महिलाहरुलाई आफ्नो जीवनशैलीमा केही बदलाव ल्याउनुपर्ने आवश्यकता पदर्छ तर, यदि महिनावारीका लक्षणहरु अति नै कष्टदायक छन् भने चिकित्सकहरुको सल्लाह लिने र औषधि सेवन गर्नुपर्ने आवश्यकता पनि पर्न सक्दछ ।
हार्मोन्सको कमीसँगै केही स्वास्थ्य समस्याहरु जोडिएका हुन्छन्, जस्तै अष्थि सुषिरता, जसले गर्दा महिलाहरुको हाडको भारमा ३० प्रतिशतसम्म कमी आउन सक्छ । यसको परिणामस्वरुप हड्डी पातलो हुन र झुरो हुनसक्छ । यसले हड्डी भाँचिने सम्भावना बढेर जान्छ । त्यतिमात्र होइन, महिनावारीसँगै रगतमा हुने बोसोको मात्रामा अस्वभाविक परिवर्तन आउनाले मुटुरोग हुने खतरा पनि बढेर जान्छ ।
यस प्रकारका समस्याहरुबाट बच्नको लागि अधिकतम महिलाहरुलाई एक प्रकारको हार्माेन एस्ट्रोजोनको सेवन गर्ने सल्लाह चिकित्सकहरुले दिने गर्छन् । जसले गर्दा शरीरमा हुने हार्मोन्सको कमीलाई आपूति र्गर्न सकिने छ । यो प्रकारको चिकित्सा प्रण्ाँलीलाई एस्ट्रोजोन आपूर्ति अथवा हार्मोन्स आपूर्ति चिकित्सा भनिन्छ ।
महिनावारीमा देखिने समस्याको उपचार निम्न प्रकारले प्रारम्भ गर्नुपर्छ ।
नियमित व्यायाम गर्ने । तनाव कम गर्ने काम जस्तै, योगा, ध्यान र मनोविर्मश गर्ने । स्वास्थ्यवद्र्धक भोजन गर्ने, जसमा क्याल्सियम प्रचुरमात्रामा हुनुप¥यो । एस्ट्रोजोको गुण भएका पदार्थहरु उदाहरणा लागि सोयाविनबाट बनेका परिकार, गेडागुडी र हरियो तरकारी र फलफूलको प्रशस्त सेवन गर्ने ।
व्यायाम र सन्तुलित खाना बाहेक यस उमेर समूहका महिलाहरुले आफूलाई यस बेलाका समस्याहरुको सामना गर्न मानसिकरुपले पनि तयार राख्नु उत्तिकै आवश्यक पर्छ । यी समस्याहरु ढल्किँदो उमेरसँग प्रायजसो महिलाहरुलाई आइपर्ने यथार्थ समस्या हुन् । जसलाई टार्न त सकिँदैन तर, त्यसबारे ज्ञान भयो भने यसको असरलाई कम गर्न भने अवश्य पनि सकिन्छ ।