सिड्नीमा हुंदै भब्य नेपाल महोत्सव

nepali अष्ट्रेलियाको सिड्नीमा नेपाल महोत्सव हुंदैछ ।  सो महोत्सव (एन आर एन ए) अष्ट्रेलिया, न्यु साउथ वेल्स राज्य समितिको संयोजनमा नेपाली दूतावास क्यानबेरा, महावाणिज्यदूतको कार्यालय न्यु साउथ वेल्स र सिड्नीका सामुदायिक संस्थाहरुको सहकार्यमा गर्न लागेको हो । सन् २००६ देखि सुरु भएको नेपाल फेस्टिभल प्रत्येक दुई \दुई बर्ष मा गर्दै आएको छ ।

उक्त महोत्सवमा नेपाल र नेपालि संस्कृतिलाई झल्काउने खालका कार्यक्रमका साथै नेपालि लोक संस्कृति झल्काउने, र नेपालि संगित द्धारा मनोरञ्जन का कार्यक्रम र (नेपाल घर) पनि राखिएको छ त्यहां नेपालि हस्तकलाका सामान, नेपालि खानाका साथै विभिन्न प्रकारका नेपालि कला झल्काउने खालका सामानहरु राखिएको छ ।

महोत्सवमा पूर्वी पहाडका राई लिम्बुदेखि तराईका राजवंशी र थारु अनि पश्चिमका रोधी र मारुनी नृत्यहरु देखाईने छ । उक्त महोत्सवमा नेपाल परेट हुदैंछ । जसमा नेपालि संस्कृति झल्काउने गरि नेपालि झण्डा र नेपालि पोसाकमा परेट गरिन्छ । उक्त महोत्सवका (Venue Management coordinator) समिम अनवर बताउंछन्,: यसरी गरिने कार्यक्रमले नेपाली संस्कृतिको प्रचार प्रसार हुनुको साथै यस्ता कार्यक्रमले नेपालमा विदेशी पर्यटक भित्राउन ठुलो सहयोग गर्नेछ ।