हामी उज्यालो नेपाल चाहन्छौं

डेढ दसकदेखि संस्कारका रुपमा रहँदै आएको लोडसेडिङ समस्या भने यसपल्ट काठमाण्डौं उपत्यकाभित्र हटेर गयो भने उपत्यकाबाहिर पनि लोडसेडिङ दुई घण्टामा सिमित भयो र कसरी सम्भव भयो यो खालका सफलता । नेपाल विद्युत प्राधिकरणमा कार्यरत कर्मचारीको भूमिका कस्तो रह्यो ? हिजो र आज विद्युत क्षेत्रमा कसरी आश्चर्य भयो ? यहि सन्दर्भमा दुर्गम नेपाल मासिकका सम्पादक सूर्य रोकाया ‘सङ्कल्प’ले नेपाल राष्ट्रिय कर्मचारी संगठन (संयुक्त)का अध्यक्ष खगेन्द्र शाहीसंग गर्नु भएको कुराकानीको सारसंक्षेप ः

नेपाल विद्युत प्राधिकरण र यहाँ कार्यरत कर्मचारीको हितमा नेपाल राष्ट्रिय कर्मचारी संगठन (संयुक्त)को भूमिका कस्तो छ ?
खासगरी हाम्रो कर्मचारी संगठन भनेको कर्मचारीहरुको हकहितका लागि स्थापना भएको हो । कर्मचारीको हक र हित त्यति बेला पूरा हुन्छन्, जति वेला संस्था वलियो हुन्छ । संस्था वलियो हुँदा कर्मचारीको सेवा सुविधा बढ्छन् । अर्को कुरा कुनै पनि संस्था वा कार्यालयको काम जब लोकप्रिय हुन्छ । तब कर्मचारीको पनि सम्मान हुन्छ । यसर्थ पनि सम्पूर्ण चिजहरु छोडेर युद्धस्तरमा संस्थाको परिवर्तनका लागि, देशलाई लोड सेडिङ मुक्तिका लागि, एक बर्ष भित्र संस्था नाफामा ल्याउनका लागि, प्राधिकरणलाई नमुना गराउनका लागि हाम्रो संगठन अहोरात्र खटिरहेको छ । केहि महिना अघिसम्म प्राधिकरण भ्रष्ट्राचार, अनियमितता, कुशासनको अवस्थामा अवस्थामा रहँदा हाम्रो संगठनले विभिन्न आन्दोलन र संघर्षका कार्यक्रम ग¥यौं, विभिन्न फोरमहरुमार्फत आवाज उठायौं । तर अहिले हाम्रो भूमिका फेरिएको छ । हिजो संघर्षमा थियौं भने आज प्राधिकरण र प्राधिकरणमा कार्यरत कर्मचारीको हितका लागि सहयोगी र जिम्मेवार भूमिका निर्वाह गरिरहेका छौं ।

प्राधिकरणको नियमावलीमा कर्मचारीका अधिकार ग्यारेन्टी हुँदाहुँदै पनि किन विभिन्न कर्मचारी यनियनहरु सक्रिय भैरहेका हुन् ?
प्राधिकरणमा मात्र कर्मचारी युनियन सक्रिय भैरहने समस्या होइन सबै निकायमा यो समस्या छ । सुरुमा ट्रेड युनियन बन्दा कुनै राजनैतिक दलको थिएन, विसुद्ध पेशागत थियो तर अहिले पेशागत संगठनलाई फुटाएर दलगत बनाइयो । हाम्रो प्राधिकरणमा कर्मचारी युनियनलाई राजनैतिक र राजनैतिक अधिकारसहितको होइन पेशागत अधिकारसहितको युनियन बनाउन जरुरी छ । हामी ट्रेड युनियनहरुले पनि चरित्र बदल्न जरुरी छ । पेशागत बन्न जरुरी छ । स्वार्थकेन्द्रित होइन कर्मचारीका हक–हित केन्द्रित हुन जरुरी छ । र विशेषगरी नेपाल विद्युत प्राधिकरणमा कार्यरत कर्मचारीका सेवा सुविधा, पीर मर्का, कर्मचारीको वृत्तिविकास तथा आत्म सम्मानका लागि कर्मचारी संगठनहरुको आवश्यकता परेको हो ।

प्रायः कर्मचारी संगठनहरु स्वार्थ केन्द्रित, कमाउ धन्दामा लागेका, अनुत्तरदायी देखिन्छन् ? तपाइँको संगठन चाहिँ कत्तिको अछुतो छ ?
हाम्रो संगठन राजनैतिक, अराजक, भ्रष्ट्राचारी, गुण्डागर्दी गर्ने र यसमा रमाउने संगठन होइन । प्राधिकरणको बेइज्जत गराउने, घाटामा ल्याउने संगठन होइन । हामी माथि यस्ता आरोप पनि लागेका छैनन् । नयाँ सोच, विचार र नैतिकतामा रमाउछौं हामी । हाम्रो संगठनको मूल नाराले नै सबै कुरा बताउँछ । “अराजकताको अन्त्य गरी मर्यादित ट्रेड युनियन निर्माण हाम्रो प्रण ! लोडसेडिङ मुक्त देश, जनताको साथमा सुदृढ प्राधिकरण !!” हाम्रो मूल नारा हो । हामी यहि मूल नाराबाटै मार्ग निर्देशित छौं । अहिले देश लोड सेडिङमुक्त हुनुमा हाम्रो संगठनको ठूलो भूमिका हो । हामी यहि अभियानमा छौं । हामी राजनिति भन्दा माथि उठेर प्राधिकरण र यहाँ कार्यरतको हितमा काम गरिरहेका छौं र गर्छौं । विशुद्ध पेशागत ढंगले संस्था र जनताप्रति उत्तरदायी ढंगले अगाडी बढिरेहका छौं । समग्र टे«ड युनियन आन्दोलनमा नयाँ सन्देश दिन चाहेका छौं । अरु पूरानो चिन्त भएका ट्रेड युनियनसंग दाँज्न मिल्दैन । हामी नितान्त फरक छौं ।

देशमा विद्यमान समस्याका रुपमा रहेको लोड सेडिङ समस्या एकाएक हराएर गयो । कर्मचारी नेतुत्वका हिसाबले भन्निुहोस्, हिजो के थियो र आज के भयो ?
हिजोका दिनमा लोड सेडिङ हुुनुु र बढ्नुमा नियत मुख्य कारण थियो । अहिलेको प्राधिकरण व्यवस्थापनको नियत ठिक र सेवामुखी छ, हिजो थिएन । मुख्यत अहिलेको उर्जा मन्त्रीले सहि नियत राख्नुभयो । सोहि अनुसार कुलमान घिसिङले असल व्यवस्थापकको भूमिका खेल्नुभयो ।
हिजोको व्यवस्थापन असक्षम, दुुर्बल र अन्जान थिएन । उनिहरु प्नि यहि क्षेत्रमा लामो काम गरेका, सक्षम र विज्ञ थिए तर नियत ठिक थिएन । भ्रष्ट्राचार, अनियमितता, लोभ–लालच, कमाउ धन्दा र अनुचित लाभ लिने मनसायले ग्रस्त थिए । सोहि कारण नै दिनमा १८ घण्टासम्म अकल्पिनिय हिसाबले लोड सेडिङ भैरहन्थ्यो ।

यस्तो अकल्पनिय समस्या देखिनुमा कर्मचारीको पनि ठूलै हात थियो होला नि ?
लोड व्यवस्थापन, विद्युत विकास तथा व्यवस्थापनलगायत प्राधिकरणले गर्ने सबैजसो कार्यमा कर्मचारीको भूमिका छ । तर व्यवस्थापन सहि भएको खण्डमा कर्मचारी पनि सहि ढंगले चल्छन्, चल्न बाध्य हुन्छन् । हामी कर्मचारी हतियार हौं । चलाउने व्यवस्थापनले हो । व्यवस्थापनले कर्मचारीलाई सहि ढंगले चलाएको खण्डमा सहि ढंगले चल्छौं । हिजो कर्मचारीहरु ग्लत हिसाबले प्रयोग भए । हिजोका तिनै कर्मचारीहरु आज सहि ढंगले प्रयोग भैरहेका छन् ।

अहिलेको सरकार बन्नु पहिले तपाइँको संगठनले किन सक्षम र इच्छाशक्ति भएको व्यक्ति उर्जा मन्त्री हुनु पर्ने माग गरेको हो ?
अहिलेको सरकार बन्नु पहिले मात्र होईन, स्व. शुशील कोइराला प्रधानमन्त्री हुने बेलामा पनि उहाँले सुन्ने गरी मञ्चमै मैले यो कुरा राखेको थिएँ । र अघिल्लो सरकार समक्ष पनि हामीले यो माग राखेका थिया€ैं । यो देशमा गृह, अर्थ जस्ता मन्त्रालय मात्र लिन हान थाप गर्ने तर उर्जा मन्त्रालय लिन हानथाप नगर्ने प्रवृति छ । हामीले भनेका छौं, हाम्रो देशको समृद्धिको मुख्य आधार उर्जा हो । उर्जा क्षेत्रको दिगो विकास गर्न चाहने सक्षम नेतृत्वले उर्जा मन्त्रालय सम्हाल्नु पर्छ । अहिले आउँदा हाम्रो माग र चाहनाको औचित्य पनि पुष्टि हुँदै गएको छ ।

विद्युत भार बढ्नु र प्राधिकरण असफल हुनुमा कर्मचारीको ठूलो हात रहेको देखिन्छ नि ?
विद्युत भार बढ्नु, संकट उत्पन्न हुनुमा कर्मचारी पनि दोषी भएको तथ्य साँचो हो तर सबै कर्मचारी र कर्मचारी मात्रै दोषी चाहीँ होइनन् । अहिले २५% को हारारीमा चुहावट छ । यसमा बर्षौं देखि राजनैतिक दल र कर्मचारी युनियनको आडमा बसेका, १५–२० बर्ष देखि एकै ठाउँमा बसेर काम गरिरहेकाहरुको ठूलो हात छ । यसमा ठूलो गिरोह छ । र हाम्रो संगठनले यो प्रवृति र संस्कारका विरुद्ध निरन्तर खबरदारी गरिरहेको छ । यो समस्या न्यूनिकरणका लागि आवधिक सरुवा हुनुपर्ने, फाँट परिवर्तन हुनुपर्ने, कार्यालयको जिम्मेवारी परिवर्तन गरिनुपर्ने, प्राधिकरण कर्मचारी मातहतमा होइन कर्मचारी प्राधिकरण मातहतमा रहने गरी नियम कार्यान्वयन हुनुपर्ने माग राख्दै आएका छौं । त्यसकै परिणामस्वरुप अहिले विद्युत चोरीमा संलग्नहरु पनि पक्राउ परिरहेका छन् । प्राधिकरणमा भएको असभ्य राजनितिले गर्दा गलत चिन्तन भएका कर्मचारी युनियनका कारण यो समस्या आएको हो ।

नेपाल विद्युत प्राधिकरणको आधिकारिक ट्रेड युनियन निर्वाचन आउँदैछ । युनियन चुनावका लागि तपाइको संगठनको तयारी कस्तो छ ?
आगामी फागुन १८ गते आधिकारिक ट्रेड युनियन चुनाव हुँदैछ । चुनावका लागि हामीले केहि एजेण्डा कर्मचारी सामुराखेका छौं । हाम्रो मुख्य एजेण्डा अनुसाशित ट्रेड युनियनको निर्माण हो । अनुसाशित ट्रेड युनियन भनेको युनियन हेपिएका कर्मचारीप्रति उत्तरदायी हुनु, प्राधिकरणको हितमा कटिवद्ध हुनु हो । हामीले जितेमा कार्ययोजना बनाएर अबको १ बर्षभित्र प्राधिकरण नाफाउन्मुख हुने गरी सम्पूर्ण कर्मचारीहरु क्रियाशील हुनेछौं । प्राधिकरण पनि नेपाल सरकारको ‘क’ वर्गको संस्था हो । यहाँ कार्यरत कर्मचारीले पनि सोही अनुसार सुविधा पाउन जरुरी छ । काम पनि जोखिमपूर्ण छ । साथै दिनहुँ कामकै शिलशिलामा चोटग्रस्त, अंगभंग र मृत्युका घटना भैरहेका छन् । यस्ता समस्या समाधानका लागि छुट्टै अस्पताल र मृतकका सन्तानलाई छात्रवृत्तिको व्यवस्था हुने गरी हामीले एजेण्डा अघि बढाएका छौं । विमासम्बन्धी सुविधा बढाउने एजेण्डा पनि छन् ।
सरुवा तथा बढुवाका समयमा दक्ष व्यक्तिहरुले पनि कर्मचारी युनियनका ढोका–ढोका धाउनु पर्ने विडम्वनाको पनि अन्त्य र हरेक कर्मचारीको सम्पूर्ण विवरण प्राधिकरणको वेव साइटमा रहने व्यवस्था हुनु पर्ने एजेण्डा छन् । साथै नैतिकवान् कर्मचारी पछि पर्ने र अनैतिक तथा घुस्याहा कर्मचारी अगाडी बढ्ने अवस्था हुनु हुँदैन भन्ने हाम्रो संगठनको मूल मान्यता हो ।

र अन्त्यमा केहि भन्न छुटेको कुरा ?
ऋब आउँदै गरेको आधिका्िरक ट्रेड युनियन निर्वाचन भनेको उज्यालो नेपाल र अँध्यारो नेपाल चाहने कर्मचारीहरुको चुनाव हो । यहाँ कार्यरत सबै कर्मचारीहरुले उज्यालो नेपाल रोज्नुहुनेछ भन्ने विश्वास लिएका छौं । प्राधिकरण मात्र होइने जलविद्युत विकास र व्यवस्थापन गरी नेपाली जनता सम्पन्न हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । प्राधिकरणलाई पनि सबल बनाउन हामीले भूमिका खेलेका छौं भने अरु कर्मचारी युनियनले दुर्वल बनाउन उद्दत छन् । खुल्लमखुल्ला लोड सेडिङ हुनु पर्छ भनिरहेका छन् । यसर्थ नमुना कामसहित अघि बढिरहेको हाम्रो संगठनलाई सबै कर्मचारी वर्गले समर्थन गर्नु हुने छ भन्ने विश्वास लिएका छौं ।