यती बैकको वित्तिय साक्षरता अभियान

काठमाडौं – यती डेभलपमेण्ट बैक भक्तपुर शाखाले भक्तपुर नगरपालिकाद्वारा संचालित ख्वप कलेज, देकोचा भक्तपुरमा जेठ १६ र १७ गते वित्तिय साक्षारता अभियान सञ्चालन गरेको छ । बैकका वरिष्ठ प्रबन्धक प्रकाश घिमिरेको सभापतित्वमा आयोजना भएको कार्यक्रममा बैंकको भक्तपुर शाखाका शाखा प्रबन्धक आश जरेजुले आश्वा प्रणाली, एटीएम कार्ड लगायत अनलाइन बैकिङको उपयोगिताबारे प्रस्तुति दिएका थिए ।

यसैगरी, बैकका कर्मचारी मञ्जु स्थापित, रमिता देउपाला र रोशन सिंखडाले क्रमशः जाली नोट चिन्ने विधि, बचत, लघुवित्त, रेमिट्यान्स र खाता सञ्चालन विधिबारे आ–आफ्नो प्रस्तुती दिएका थिए ।

कलेजका बीबीएस अध्ययनरत करिव दुई सय जना विद्यार्थीहरु तथा शिक्षक शिक्षकाहरुको सहभागिता रहेको कार्यक्रममा प्रमुख अतिथि कलेजका प्राचार्य रुपक जोशी र उपप्राचार्य राजेशकुमार श्रेष्ठले सो कार्यक्रम विद्यार्थीहरुका लागि अध्ययनसँगै व्यवहारिक ज्ञानकालागि समेत उपलब्धिमुलक भएको भन्दै खुशी व्यक्त गरे ।