सनराइज बैंकको शाखा मकवानपुरको हेटौंडामा

काठमाडौं – सनराइज बैंक लिमिटेडले मकवानपुर जिल्लाको हेटौंडामा शाखा स्थापना गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन बुधबारका नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय वीरगंजका निर्देशक धनञ्जय शर्मा र हेटौंडा उपमहानगरपालिकाका मेयर हरीबहादुर महतले संयुक्त रुपमा गरेका हुन् ।

बैंकले साबिकको नारायणी नेशनल फाइनान्सलाई प्राप्ती गर्दा नारायणगढमा दोहोरिएको शाखाको कारोबार एउटा शाखामा एकीकृत गरी अर्को शाखालाई हेटौंडामा स्थानान्तरण गरिएको हो । यस शाखाको स्थापनाबाट बैंकले आफ्ना ग्राहकहरुलाई थप विस्तारित एवं सर्वसुलभ बैंकिङ्ग सेवाहरु पु¥याउन सक्षम हुनुका साथै मकवानपुर क्षेत्रका ग्राहकलाई सुलभ तथा उच्चस्तरीय बैंकिङ्ग सेवा प्रादन गरिने तथा उक्त शाखाबाट ग्राहकलाई छुटका साथ लकर सेवासमेत उपलब्ध गराइएको छ । सनराइजले ७० वटा शाखा र ८१ वटा एटीएममार्फत ग्राहकहरुलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।