गाउँ गाउँमा सिंहदरवारका ब्वाँसाहरु

ईश्वरचन्द्र ज्ञवाली

नेपाली राजनीतिमा प्रतिक्रान्तिकाल शुरु भएको छ । सबै संसदवादी शक्तिहरु आज पश्चगामी दिशातर्फ प्रवृत्त भएका छन् । उनीहरुलाई जनताको पीडासँग कुनै मतलब छैन । सिंहदरवार मुर्दाहरुले चलाइरहेका छन् । जसमा न कुनै सम्वेदना छ न कुनै उर्जा । देश दिनप्रतिदिन खाल्डोतिर खसिरहेछ, एउटा युगनी अँध्यारो खाल्डो । जहाँ खसेपछि उज्यालो भने देख्न नपाइने हुन्छ । भ्रष्टाचारै भ्रष्टाचारको दलदलमा फँसेको छ देश । बेथिति नै बेथितिले चलिरहेको छ । जताततै विसंगति र विकृति मात्रै छन् ।

 

देश दलाल र नोकरशाहहरुको हातमा छ । सबै उत्पादनमूलक काम बन्द भएका छन् । एक समयमा २ दर्जन वस्तुमा आत्मनिर्भर देश अहिले ती सबै कारखना बेचबिखन र बन्द गरिएका छन् । खुला प्रतिस्पर्धामा बजार व्यवस्थाका नाममा नवउदारवादले देशलाई खोक्रो र जर्जर बनायो, संसारको सबभन्दा गरीब र अस्तब्यस्त मुुलुकमा परिणत गरिदियो । देशको सारा उद्योग धन्दाहरु नामेट पा¥यो, बेरोजगार र गरिबी मात्र पैदा ग¥यो । फेरि पनि त्यही नवउदारवादको पूजा, भजन गर्दै अघि बढ्दै छन् संसद्वादी पार्टीहरु । उपभोक्तावादले लुटतन्त्र शुरु भएको छ – जसरी पनि लुट, जसरी पनि मोजमज्जा र सम्पत्ति हातपात, नैतिक–अनैतिक, संगति–असंगति, इमान–जमानको विवेक आवश्यक छैन भन्ने संस्कार र प्रवृत्ति राजनीतिमा नवउदारवादको देन हो । जसले राजनीतिलाई अनुत्तरदायी, असम्बेदनशील, अविवेकी र अनैतिक बनाएको छ । राजनीति एउटा पेशा, व्यवसाय, व्यापारमा परिणत गरिदिएको कुरा हालको स्थानीय चुनावले पुष्टि गरेको छ । जसले बढी लगानी ग¥यो, खर्च ग¥यो, पैसा बाँड्यो, भातभान्सा गरायो, प्रचार प्रसार ग¥यो, उसैले जित्यो । त्यो ब्यापार–व्यवसायमा लगानी जस्तै हो । जितिसकेपछि त्यसको हजार गुणा बढी असुल, उपर गर्ने, नाफा आर्जन गर्ने र औलादौला हुने, त्यो एउटा ब्यापारमा लगानी नै हो । त्यसका एकाध उदाहरण मात्र चर्चामा आए– एउटा महानगरको मेयरले ४० लाखका मोवाइल सित्तैमा बाँड्ने काम, अर्को आफ्नो बाटो नभएको जग्गामा सार्वजनिक जग्गा ओगटेर÷हड्पेर बाटो खुलाउने काम, अर्को गाउँ÷नगरपालिकाहरुमा आफन्त, नातागोता भर्ने काम, अर्को कर बढाएर जनता चुस्ने काम आदि । एकातर्फ ‘पपुलर डिसिजन’ जस्तो सामाजिक सुरक्षा भत्ता बढाएर प्रभाव पार्ने, बजेटलाई कनिका झैं छर्ने र कार्यकर्तालाई चराउने, वितरणमुखी कार्यक्रम मात्र बनाएर दीर्घकालीन विकास र प्रगतिलाई धराशायी गर्ने, राष्ट्रिय योजना र ठूला कार्यक्रमलाई चिहानमा पुर्ने जस्ता काम÷निर्णय गरिएको छ र देशलाई सँधै परजीवी, पराश्रित र परनिर्भर बनाउने योजना बुनिएको छ भने अर्कोतर्फ तात्कालिक भोटको राजनीतिक फाइदा लिने योजना– जो आवश्यक अनावश्यक जेसुकै होऊन बनाउने र आफ्नो र दलको मात्र स्वार्थपूर्ति गर्ने काम भइरहेको छ । यसले देशलाई दुरगामी असर पार्छ र देश सँधै यस्तै पिछडिएको पिछडिएकै रहन्छ । यो जस्तो देशघाती र राष्ट्रद्रोही काम केही होइन । परिणामहरु, देशले भोगरिहेछ– देशका अधिकांश युवा विदेश पलायन भएका छन् । दक्ष, योग्य, क्षमतावान प्रतिभासम्पन्न सबै नागरिक विदेशमा बसाँइ सर्दै गएका छन् र ‘बे्रन ड्रेन’को विकराल समस्या पैदा हुँदै गएको छ ।

 

नयाँ पुस्तालाई यो देशमाथि कुनै भरोसा छैन, विश्वास छैन । हुन पनि प्रतिभावान नै अवसरबाट बञ्चित गरिएको छ । दक्ष र योग्यहरुको कुनै कदर छैन । देशमा प्रतिभाशाली, योग्य विशेषज्ञ, दक्ष र सामथ्र्यवानहरुले स्थान नपाएपछि ती ‘ब्रेन’हरु खाली हुन्छन् र विदेशतिर भासिन्छन् । त्यस्तै भइरहेको छ । ‘लाटा–गाँडा’ले देश चलाएर कसरी चल्छ रु मुर्दाहरुले देश हाँकेर कसरी हाँकिन्छ रु कुनै दूरदर्शी दृष्टिकोण काम र दूरगामी सोचै नभएकाहरुको हातमा देशलाई सुम्पेर देश अगाडि बढ्न सक्दैन पनि । भनिएको थियो– ‘संविधानले सबै समस्या हल गर्नेछ’ त्यो भएन । लागू गर्ने हो भने समस्या हल हुन्छ, त्यो पनि हुन सक्दैन, किनभने यो संविधान प्रतिक्रियावादी दलाल र नोकरशाह, सम्भ्रान्त र ठूलाठालुको हित र स्वार्थका लागि बनेको संविधान हो । यसले गरीब, मजदुर, किसान, उत्पीडित, उपेक्षितको लागि कुनै काम गर्दैन र गर्ने छैन । यो साम्राज्यवादी स्वार्थमा दलालहरुले बनाएको संविधान भएकोे यसले राष्ट्रियता र स्वाभिमान बचाउन पनि सक्दैन र अन्ततः देशको राजनीति, अर्थतन्त्र, संस्कृति, सामाजिक मूल्यलाई दलाल र देशद्रोहीहरु मार्फत् विस्तावाद, साम्राज्यवाद र दलाल पँुजीपतिहरुलाई सुम्पिने छ । देशको सार्वभौमसत्तालाई बन्धक बनाउनेछ र देशका सबै प्राकृतिक, भौतिक, आर्थिक पुँजीलाई उनीहरुकै पोल्टामा सुम्पिनेछ । देश दलालहरुले चलाएका छन् र चलाइरहेका छन् । यसै कारणले अबको राजनीतिले यो देशको हित र स्वार्थ रक्षा गर्न सक्दैन । सक्ने छैन । देशी विदेशी शक्तिको मार्फत् चलिरहेको छ र चलिरहने छ । यसै कारण जस्तो अवस्था वर्तमानमा छ । भोलि पनि यस्तै रहने छ । अहिले एउटा कपटी र छली ढ्वाङ्ग फुकिएको छ – ‘सिंहदरवारको अधिकार गाउँ–गाउँमा’ । तर यही विधि देश र जनताको लागि अभिशापसिद्ध हुनेछ । सिंहदरवारको भ्रष्टाचार, कुकृत्य र दलालीकरणको पनि गाउँगाउँमा ब्याप्त हुनेछ । सिंहदरवारका मुर्दाहरु पनि गाउँगाउँमा पुग्नेछन् । यहाँका दलाल, देशद्रोही, राष्ट्रघाती पनि तलसम्म पुग्ने छन् । सीमित सिंहदरवारको लुट ७ प्रदेश र ७४४ ग्राम÷नगरपालिकासम्म ‘भाइरस’ झैं फैलिन्छ । लूटका लागि चुनावमा गरिएको लगानी फिर्ता लिने प्रतिस्पर्धा चल्नेछ । कनिका छरे झैं गाउँगाउँमा बजेट छरेर ‘पपुलर’ हुने दौड चल्नेछ । अनि देश दूरगामी उत्पादनका, आत्मनिर्भरका, स्वाबलम्बन र राष्ट्रिय पूँजीका लागि नरकजस्तो बन्ने छ । युवा विदेश गइरहने छ । प्रतिभाको पलायन भइरहने छ । लुला लँगडा, अन्धा, लाटाहरुले नै देशमा राज गर्ने छन् । अर्थात्– देश असक्षम र मुर्दाहरुकै हातमा रहने छ– जस्ताको तस्तै । यसले देशको सार्वभौमिकता कमजोर र विस्तारवादको बन्धक बढी हुनेछ । अहिले नै देशमा कुनै उत्पादनमुखी काम र योजना छैनन् । खेती गर्ने जमिन बाँझिदै गएको छ र ३ महिनामा अरबौं अरबको खाद्यान्न भित्रिएको छ । निर्यात शून्यतर्फ र आयात चुलीतर्फ बढेको छ ।

 

यसवर्ष मात्रै ८ खर्बको व्यापार घाटा भएको छ । जुन सिंगो राष्ट्रिय बजेटको ७५ प्रतिशत हो । एउटा पनि रोजगारीमा बृद्धि छैन । बजार सबै दलालले कब्जा गरेका छन् । अर्थ–राजनीतिमा तिनकै पकड कायम छ । शुरु भएका निर्माण र विकासका काम अलपत्र छन् । एउटा पुल बन्न १२ वर्ष पर्खनु पर्छ । बाटा–घाटा सबै क्षतविक्षत छन् । राजधानी नै सडकमा पानीपोखरी र धान रोप्ने, पर्यावरण र वातावरणीय प्रदुषण धुँवा धुलो, जाम र अस्तव्यस्तताको पर्याय बनेको छ । देशलाई राजधानीसँग जोड्ने एकमात्र बाटोमा यात्रुले १२ घण्टा जाममा अड्किनु पर्छ भने कलंकीदेखि थानकोटसम्म घण्टौं जाम हुन्छ । हिँडेर आधा घण्टामा पुग्ने दुरीलाई गाडीबाट दुई घण्टा लाग्छ । कार्यालयमा भ्रष्टाचार, राजनीतिमा दलाली, अर्थतन्त्रमा दुर्गती, राष्ट्रियतामा हस्तक्षेप, खेतिपाती उत्पादनमा शून्यता, प्रतिभाजति विदेश पलायन, कृषि खाद्यान्नमा विदेशी निर्भरता, सिंहदरवारमा मूर्दापन, ब्यापारघाटा निरन्तर बृद्धि, कलकारखाना उद्योग सबै बन्द र बेचबिखन, रोजगारीमा शून्यता, योग्यता र क्षमतालाई अवसरबाट बञ्चित, उपभोक्तावाद र लूटतन्त्र, अनुत्तरदायी र बेइमान राजनीति, परनिर्भरता र परजीविता– बस देशमा यत्ति मात्र छ । अरु जनताप्रति सम्बेदनहीनता र व्यवस्थापकीय अन्धोपनको यो परिस्थितिले देशलाई कहाँ पु¥याउला रु उही अँध्यारो खाल्डोमा । अहिले देश त्यही अँध्यारोमा जाकिँदै गएको छ । यो सबैबाट मुक्ति कहिले पाउला देशले रु यो संसदीय व्यवस्थाबाट सम्भव छ रु के यो नवउदारवादको उपभोक्तावादी राजनैतिक चरित्रबाट सम्भव छ रु जुन व्यवस्था र राजनीति निरन्तर असफल र दिवालिया हुँदै आएको छ ।

 

संसदीय व्यवस्था ०७–०१७ सम्म अति असफल भएको हो । ०४६–०५८ सम्म पनि असफल नै भयो र ०६३–०७३ सम्म पनि असफल नै भएको छ । संसारबाट असफल भएको नवउदारवाद र संसदीय व्यवस्था हामी कहाँ बलजफ्ती लडेर चलाउन खोजिएको छ । साम्राज्यवादको विस्तारवादको दलाल र देशद्रोहीहरुको निर्देशनमा । अनि कसरी यो समाधान हुन सक्छ रु यो समाधान होइन– समस्या पो भयो त । समस्यै समस्याको जालो फैलाएर जनतालाई जसरी भ्रम दिइएको छ, त्यो राष्ट्रघाती काम मात्र हो । के देशले काँचुली फेर्ला रु के देश समृद्ध होला रु के देशमा राजनैतिक क्रान्ति अब जरुरी छैन रु के देश उज्यालो भविष्य र अग्रगामी युगतर्फ अघि बढ्दैन रु यी सबै प्रश्नका जवाफ नकार मात्रै हुन्छ । नेपाली जनताले बुझ्नु पर्छ, सिंह दरवारका ब्वाँसाहरु अब गाउँ–गाउँ छिरेका छन् र तिनले जनताको मुटु र कलेजो मात्र होइन, देशको सार्वभौमिकता नै खानेछन् । सबैलाई चेतना भया ।