तिज महोत्सब गर्दै दैलेखी सेवा समाज युएई

नेपाली तिज गितको संरक्षण तथा संवद्र्धन गर्ने उद्देश्का साथ दैलेखी सेवा समाज युएईको आयोजनामा तिज महोत्सब २०७४ हुने भएको छ । दुबईको रासअल खेमाहको सुडानी क्लबमा यहि अगस्ट १८ शुक्रबार हुने कार्यक्रममा चर्चित गायक नबिन पौडेल र चिजा तामाङले स्टेज तताउने भएका हुन् ।

 

आउँदो शुक्रबार हुने तिज महोत्सवमा दुबर्इमै कार्यरत संकल्प चन्द, केबिनजंग शाही, जनक वली, शैलेश बाबु, प्रतिक्षा शर्मा, भुवन रेग्मी, निलम शर्मा, सुरज खत्री, दिल कटुवाल, अनिता राई, पूकाश गुरुङ, सानुकाजी भट्ट लगायत थुप्रै कलाकारहरुको पनि जोडदार प्रस्तुति रहने दैलेखी सेवा समाजका सल्लाहकार हिमाल शाहीले बताए ।