मुगुमा स्वास्थ्य शिविर

  आधारभुत स्वास्थ्य सुविधाविहिन मुगुमा ३ दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । विगत ७ बर्ष देखि स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको ब्याक टु लाइफ ई. भि. नेपाल नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र मानव अधिकार तथा वातावरण विकास केन्द्र, मुगुको सहकार्यमा सदरमुकाम गमगढीबाट २१ कोष टाढा पर्ने गम्था गाउँमा साउन २२ गते देखि २४ गतेसम्म स्वास्थ्य शिविर सञ्चालन भएको थियो ।

 

स्वास्थ्य शिविरमा मुगुवासीको अपचारको लागि विविध कठिनाइका बाबजुद तिन जना विशेषज्ञ चिकित्सकहरु पुग्नुभएको थियो । मुगुको गम्था स्थित स्वास्थ्य चौकीमा सञ्चालन भएको स्वास्थ्य शिविरमा बाल रोग विशेषज्ञ डा. समुन्द्र बजिमय नेतृत्वको विशेषज्ञ टोलीद्वारा ६८२ जनाले उपचार तथा चेकजाँच सेवा लिएका थिए । सरकारी अस्पतालमा १ चक्की सिटामोल र जिवनजल समेत नपाइरहेका मुगाली जनताहरु साउन महिनाको व्यस्त घरायसी काम छोडेर पनि उपचार तथा स्वास्थ्य चेक जाँचका लागि शिविरमा आएपुगेका थिए ।
स्वास्थ्य शिविरमा बाल रोग विशेषज्ञ डा. समुन्द्र बजिमय, स्त्री रोग विशेषज्ञ डा.जुनु बज्राचार्य, र डा. सनिजले चेक जाँच तथा उपचार गर्नुभएको थियो । शिविरमा भएको चेकजाँच पछि जटिल खालका ६ जना विरामीलाई ब्याक टु लाइफ ई. भि. नेपाल र मानव अधिकार तथा वातावरण विकास केन्द्र, मुगुकै आर्थिक सहयोगमा रिफर गरिएको छ ।
शिविरको व्यवस्थापकिय नेतृत्व गरि काठमाण्डुबाट मुगु पुग्नु भएका ब्याक टु लाइफ इ भी नेपालका प्रबन्धक श्री डिकेन्द्र लाल ढकालले समग्रमा ५०० जनाको औषधोपचार योजना हो तर यो शिविरमा यति धेरै सहभागी भई सफल भएकोमा मुगुवासी तथा स्थानिय स्वास्थ्यकर्मीप्रति खुशी ब्यक्त गर्नुभयो ।

 

गम्थाका स्थानियबासी गोविन्द्र प्रसाद सन्ज्यालले पनि यस्तो दुर्गममा यो शिवीर राखी हामीजस्ता निमुखालाई जाँच गरि रोग पत्ता लगाउने काम गर्नु भएको भन्दै खुशी ब्यक्त गर्नु भयो ।