बाबुरामलार्इ पूर्वलडाकुको सुझाव–तपाईं उल्टो हिँडदै हुनुहुन्छ

प्रकाश कुमार सिंह

सम्मानिय पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक
डाक्टर बाबुराम भट्टराई ज्यू ।
नमस्कार

 

केहि दिन पहिले, तपाईंको स्वास्थ्य केही समस्या भएको कुरा मैले पत्र पत्रिकामा पढेर थाहा पाएँ । र फेरि अप्रेसन गरि सन्चो भएको खबर पनि पाए । खुसि लाग्यो । टाउको दुख्दा बैंकक तिर जाने नेतालाई र सरकारि खर्चको भरमा आफ्नो उपचार गराउने नेतालाई आफ्नै खर्च र स्वदेशमा नै उपचार गराउनु भयो, अझै गर्व लाग्यो । तपाईंको स्वास्थ्य लाभको कामना गर्दछु । र मेरा आफ्ना केही कुरा लेख्ने अनुमति चाहन्छु ।

 

देश इतिहासको एउटा कोर्ष पूरा गरेर नयाँ पाइला चाल्न अर्थात् लम्किने सुरुवाती चरणमा छ । बर्षौ देखिको यो कोर्ष फेर्न नेपाली आमाका हजारौं सन्तानहरुले बलिदान गरेका छन् । त्यस्तै सँख्यामा घाइते छन्र । केही बेपत्ता छन्र । घाइतेहरु जिबन मरणको सँघर्षमा छन् । बेपत्ताहरु कहाँ छन् । खोजि कार्य भएको छैन । तपाईंहरुले नेतृत्व गरेको हामीहरु सहभागी भएको त्यो महान जनयुद्ध आज पनि यो पुरानो भएको छैन । ताजा नै छ । किनकि तपाईं हाम्रा अगाडि जनयुद्धमा रगत बगाएका सहिदका आमा बुवाहरु जिबित छन् । घाइतेहरु हुइलचेर को पर्खाइमा छन बेपत्ताहरुका आफन्तहरु खोजिको पर्खाइमा छन् । सबैलाई न्याय दिने कार्य होस कामना हुनत म आफै पनि घाइते हु । भने कसरी पुरानो भयो ?

 

तपाई हामीले राजनैतिक रुपमा उपलब्धि ठानेको नयाँ संविधान सँगियता धर्म निर्पेक्षता राज्यको पुनर सँरचना सामानुपातिक समाबेसिता आदि कुराहरु कार्यान्वयनको चरणमा छन् र बहसमा छन् संस्थागत भइसकेका छैनन् अहिले पनि । राजतन्त्र हटेको मात्र छ यसका अवसेषहरु देखिरहेका छन् । कहाँ कतिखेर कहिले कसरी आउने हुन् भन्ने यो बहस नै छ । संविधान जारि हुँदा देखिको तराईको आन्दोलन अहिलेसम्म पनि जारि छ । यी माथि उल्लेख घटनाहरु कुनै इतिहासको पानामा अध्ययन गरेर देखेका कुरा पटक्कै होइनन् ।

 

सम्मानिय भट्टराई कमरेड । यी सबैलाई सहि ट्रयाकमा लिने महान जिम्मेवारी तपाई र अध्यक्ष प्रचण्डलाई नै इतिहास र बर्तमानले आज पनि सुम्पेको छ । यसको लक्ष्य पूरा पनि तपाईंहरुले नै गर्नुपर्छ जुन आज पनि जारि छ । यसलाई एकादेशको कथा बनाएर तपाईं सिङ्गो इतिहास र बर्तमानलार्इ चटक्कै छोडेर जसरी तपाई जानू भयो । जसका कारण अहिले आफ्नो राजनीतिक जिबनको चुनौतीपूर्ण पर्खाल अगाडि उभिनु भएको छ । यसलाई पार गर्न तपाईंसँग ब्यक्तिगत रुपमा केही झिनो आसा त बाँकी छ होला । तर प्रयाप्त मात्रामा भने छैन । किनकि तपाईंले बर्षौ देखिको आफ्नो लगानी गरेको पाटि र साथीहरू छोडनु भएको छ । जसका कारण तपाईंका प्रयासहरु सफलता तिर होइन एक पछि अर्को गर्दै असफलता तिर जाँदै छन ।

जानुपर्ने केही कारण छन् । जब हामी आफुले निर्माण गरेको इतिहास र बर्तमान सबै भुलेर अगाडि बढ्न खोज्छौ । कसरी सफल हौला । र एक जना बिद्यार्थिले दससम्म पढेका सबै कुरा भुलेर एस एल सि दिदा आफुले बाँकी भबिस्यमा पूरा गर्न चाहाएका कुराहरू योजनाहरु सुनाएर मात्र पास हुँदैन । किनकि परिक्षा पास हुन कोर्षमा जे पढाएको छ त्यसको सहि उत्तर दिएर मात्र पास भइन्छ । यो कुरा मलाई होइन सबैभन्दा बढि तपाईंलाई थाहा छ । मात्र मैले भन्न खोजेको कुरा के हो भने तपाईंको उत्तर फरक भयो । कोर्ष अनुसारको । भएन जसका कारण तपाईं असफलतातिर हुनुहुन्छ तपाईं सफल बन्नुपर्छ तपाईंहरु सफल हुने भनेको हाम्रो आन्दोलन सफल हुने हो आन्दोलन सफल हुने भनेको सबैलाई न्याय हुने भनेको । जुन कार्य अहिलेसम्म कठिन मोडमा छ झिनो आसामा छ । हुनत डाक्टर बाबुराम भट्टराई नेपाली इतिहासमा एक अब्बल सक्षम ब्यक्ति हुनुहुन्छ । यसको पुष्टि तपाईंको बिगतले गरिसकेको छ । तपाई कति बिज्ञ हो भन्ने कुरा नेपाललाई मात्र होइन । नेपाललाई चिन्ने सारा बिश्वलाई थाहा छ । भनिराख्नु पर्दैन । तर अहिले भने तपाईंका गतिविधि हरु फरक छन । यो पँतिकार को बुझाइमा सहि होइन ।

 

अब्राहम लिङकनको भनाइ सुनेको थिए । म ढिलो हिड्छु तर उल्टो कहिलै हिडदिन । मलाई लाग्छ तपाईं उल्टोतिर हिडदैहुनुहुन्छ । मैले भन्न खोजेको महत्त्वपूर्ण कुरा के हो भने । तपाईंले आफ्नो गौरबपुर्ण इतिहास र जिम्मेवारी छोड्नु भयो र भुल्नु भयो । दशबर्षे जनयुद्ध त के आफुले बुझ्ने जीवन र जगतलाई छुट्याउने माक्सबादि बिश्व दृष्टिकोण दर्सनलाइ नै छोड्नु भयो । हामी तपाईंलाई अन्तर आत्माले मान्ने तर प्राबिधिक हिसाबले मान्न नसकिने ठाउँमा हुनुहुन्छ । हामीलाई सहज पनि लाग्दैन, आफ्नो गौरवान्वित इतिहास छोड्दा जसका कारण तपाई नयाँ कोर्षमा सफल हुन सक्नु भएको छैन । हुन सक्नु पनि हुदैन ।

 

इतिहासले सोधेका यक्ष प्रश्नहरूको उत्तर तपाईं दिनबाट भाग्दै हुनुहुन्छ । सहिदका आफन्तहरुले सोधेका प्रश्नहरुको उत्तर, घाइते योद्दाहरुले सोधेको उत्तर, बेपत्ताहरुले सोधेको उत्तर अझै भनौ तपाईंलाई बचाउन र स्थापित गर्न जिबनको कुनै प्रबाह नगरी लडेका योध्दाहरुको उत्तर, तपाईंले दिन सक्नु भएको छैन । तपाईंको जिम्मेवारी जो थियो यसको उत्तर नदिएर सबैलाई बिश्वासमा नलिएर तपाईं कसरी सफल हुन सक्नुहुन्छ ।

 

यी सब तपाईंका इतिहास मात्रै होइनन्, बर्तमान पनि हुन । जसको बिश्वास जित्न तपाईलाई माओवादि एकताबाट मात्र सम्भब छ । तपाईं नयाँ होइन तपाईंसँग भएकाहरुलार्इ नयाँ बनाउनुहोस् जो तपाईंले गर्न सक्नु भएको छैन । म स्वयम् तपाईंलाई आदर्श ठान्ने ब्यक्ति हुँ । तर अहिले जुन कदम चालिरहनु भएको छ त्यसमा साथ दिन सक्दिन । विश्वस्त हुन पनि सकिन त्यसैले अब तपाई आफ्नो अमुल्य योगदान भएको ठाउँमा आएर नयाँ ढङ्गबाट अगाडि जान ढिला गर्नु हुदैन । अझै भनौ तपाईं नै नजन्मिदै खुलेका पाटिहरु अहिले पनि आफुलाइ सक्तिशालि बनाएर शासन सत्तामा छन भने तपाईं आफुले नै स्थापना गरेको सहभागी मात्र होइन चलाएको र निर्माण गरेको पाटि पुरानो भयो भन्नू अलि हतारो मात्र हो कि । जुन जाहेज तर्क पनि होइन ।तपाईंको तर्कलाई बहुसंख्यक पाटि कार्यकर्ताले र जनताले स्विकार गर्न सकेन पनि छैन । भने साथ दिने कुरा कहाँबाट आँउछ । त्यसैले समयमै हामी सचेत भएनौ भने एका देशमा बाबुराम भन्ने नेता थिए अरुको देखा सिकि गर्दै पाटि खोले तर गति लिन नसेर पाटि पनि हरायो र आफुपनि हराए भन्ने कथा नबनाउनुहोस भन्ने मेरो सचेत आग्रह हो । तपाई देशलाई चाहिने नेता हो । तर अस्तित्वमा नै आउन सक्नु भएन भने तपाईलाई अरुले मान्नुपर्छ भन्ने नहुन पनि सक्छ । आजपनि माओबादी केन्द्रका कार्यकर्ता तपाईंलाई यतिकै मान्छन् जुन हिजो मान्थे तर तपाईंको गलत कदमलाई साथ नदिएका मात्र । समय छ ।

 

भनिन्छ नि आफुले जन्माएको सन्तानको जस्तो माया अरुको हुँदैन । तपाईलाई माया माओबादि आन्दोलनको हुनुपर्छ सहिद घाइते अपांग ती बेपत्ताहरुको र लाखौं परिवर्तनकारी जनता जसले हिजो बास गाँस कपास दिए सेवा तपाईंले तिनैको गर्नुपर्छ ताकि चैतेहरुको होइन । एक जना किसानले आफ्नो बर्षभरि लगाएको धान गहु कोदो मकै छोडेर भित्र्याउने समयमा छोडेर अन्तै घुम्न जान्छ भने त्योभन्दा गैर जिम्मेवार अरु हुनै सक्दैन । तपाईं त्यसो गर्नुहोस । आउनुहोस माओबादि एकतामा जहाँ तपाईंको हितसँगै देशको हित छ सिङ्गो माओबादि आन्दोलनको हित छ जतिसुकै राजनीतिक योजनाहरु गर्न सँगठन चाहिन्छ त्यो थोरै मात्र प्रयास गर्दा जुरुक्क उठ्न सक्छ । जहाँ जिबन दिन सक्ने कार्यकर्ता र बहुसंख्यक जनता छन मेरो चाहना भनेको राष्ट्रको बिकाश हो प्रगति हो त्योभन्दा माथि कुनै स्वार्थ छैन । तपाईंको साथै देशको भलाई चाहाने सुभचितक र समर्थक हुँ जनयुद्धको दौरानमा घाइते भएको एउटा सिपाही हुँ अहिलेलाई पत्रबाट बिदा ।