चलचित्र निर्माता खड्का र गायिका राई अमेरिकामा सम्मानित

अमेरिकाको टेक्सासमा राष्ट्रबादि नायकरनिर्माता नवल खड्का र लोकप्रिय गायिका सत्यकला राईलाई एभरेष्ट ईन्टरटेन्मेन्ट नामक संस्थाका अध्यक्ष मनोज राईले टोपि र खादा लगाई एक कार्यक्रम गरि सम्मान गरिएको छ ।

 

कार्यक्रममा सम्बोधन गर्दै चलचित्र नायक तथा निर्माता खड्काले सम्मानले थप जिम्मेवारी बोधसाथै उर्जा प्राप्त भएको भन्दै ड्यासपोरमा बसेर नेपाली चलचित्र र साँस्कृतिक क्षेत्रमा पुर्‍याउनु भएको योगदान प्रसंशा गरे । नेपालमा, नेपाली चलचित्र लाई माया गर्ने र नेपाली चलचित्रलाई माया नगर्नेका बिचमा द्वन्द्व रहेको बताए ।

अब चाँडो बक्स अफिस र राष्ट्रिय चलचित्र नीति कार्यन्यवन हुने बिश्बास ब्यक्त गरे । मन्तब्य दिदै खड्काले थप नेपालको सिमानामा काँडेतार लगाउन जरुरी छ, त्यसका लागि सम्पूर्ण NRN ले नेपाल सरकारलाई कुटनैतिक पहलका लागि दबाब दिन सहयोग पुर्‍याउन अनुरोधसमेत गरे । संस्थाका अध्यक्ष मनोज राईले सबैबाट साथ र सहयोग अपेक्षा रहेको छ भन्दै सबैलाई धन्यवाद दिएका थिए ।

 

कार्यक्रममा साँस्कृतिक कार्यक्रमका साथै कलाकारहरूले अा–अाफ्नाे प्रस्तुति दिएका थिए ।