दुई करोडले हेरे कुटुमा कुटु

नयाँ नेपाली चलचित्र ‘दुई रुपैयाँ’ मा समावेश कुटुमा कुटु’ बोलको गीतको भिडियो दुई करोड बढिले हेरेका छन् ।

‘कुटुमा कुटु’ सार्वजनिक भएको चार महिनामै यो समाचार तयार पार्दासम्म २ करोड १ लाख ५० हजारले हेरिसकेका छन् । दैनिक २ लाख बढिले हेर्ने यो गितको भिडियो नेपाली सांगितिक इतिहाँसमा कोसेढुंगा सावित भएको छ । साथै हालसम्म ६ हजार चार सयले कमेन्ट समेत गरेका छन् । भने यो म्यूजिक भिडियो ९७ हजारले लाइक समेत गरेका छन् ।

 

हालसम्म युट्युवमा २ करोड १६ लाख बढि दर्शकले ‘सुर्के थैली खै’को म्यूजकि भिडियो हरेका छन् भने दोस्रोमा ‘ठमेल बजार’ २ करोड २ लाखले हेरेका छन् । सुर्के थैली खैले २ करोडको कोसेढुंगा पार गर्न झण्डै २२ महिना लगाएको थियो भने ठमेल बजारले १० महिना लगाएको थियो ।

 

असिम शाहको निर्देशनमा तयार भएको चलचित्र भदौ २३ गतेबाट रिलिज हुन लागेको हो । चलचित्र २ रुपैयाँको शिर्ष गित ‘कुटुमा कुटु’ लोक लयमा आधारित छ । यस गीतमा निर्देशन निश्चल कविराज गहतराजले गरेका हुन् ।

 

निश्चल र स्वस्तिमाको वास्तविक जोडिलाई दर्शकले पहिलो पटक पर्दामा देख्न पाएका हुन् । ए जी टु वान प्रोडक्शन र ब्लाक हर्स पिक्चर्सको संयुक्त ब्यानरमा यो चलचित्र निर्माण भएको हो । यो गीतमा चलचित्रका मुख्य कलाकार आशिफ शाह र बुद्धि तामाङलाई पनि देख्न सकिन्छ ।

 

चलचित्रमा निश्चल र आसिफको मुख्य भूमिका छ । राजनराज सिवाकोटीको शब्द, संगीत तथा स्वरमा तयार पारिएको यो गीतमा राजन इशान र मेलिना राइले पनि स्वर दिएका थिए ।