सागर आलेका फ्यानले लेखे भावुक पत्र

के पुन मगर, दुबई

प्रिय सागर,

तिमी सागर हैनौ महासागर हौ । अब तिमिले नेपाली म्युजिक इन्डस्ट्रीमा यस्तो सुनामी ल्याउनु जस्ले सँसारै हल्लावस् अनि दुनियाँ तिम्रो औंलामा नाचोस् । तिमी नेपाल आइडलको स्टेज छोडेर गए पनि तिमी सदा–सर्बदा मेरो मनको स्टेजमा नाचिरहने छौ,, गाइरहने छौ ।

 

हिजो स्टेजबाट तिमी बाहिरिए पछि मैले आफ्नो सेल्फलार्इ कन्ट्रोल गर्न सकिन अनि म धेरै रोएको हुं । तिम्रो आवाजको गुन्जायमानले झन् म पग्लिएको हुँ । तिम्रो कला र गलाको सम्मान नभएको जस्तो अनुभूति गरेर मन मनै खुबै गाली नि गरेको हुँ नेपाल आइडलका टिमलार्इ तर केही सिप लागेन । तिम्रो कला र गला संगै तिम्रो जातले तिमिलार्इ पाखा लगाएको जस्तो अनुभूति पनि भयो मलार्इ । हुन त हामी सतिले सरापेका देशका नागरिक हौं । यो खासै ठूलो कुरा हैन तर मेरो लागि भने आकाश खसेको जस्तै भयो, पृथ्वी भासिए जस्तै भयो अनि मन खिन्न भयो ।

 

सागर, यहाँ तिमिलार्इ हराउन अनेक प्रपन्ज रचे, कहिले तिम्रो कला र गलाको पछाडी राजनीति को भिल्ला भिरार्इ दिए त कहिले तिम्रो जात संग जातियताको उपद्रो गरे । जे जे उनीहरुले चाहे आखिर त्यो पूरा गरेरै छोडे । म भन्छु तिमी हारेका हैनौ हराइएका हौ । अनेक लान्छना को बिचबाट आफू निखारिदै तिखारिदै जानू । तिम्रो कला र गला संगै राजनीति यात्रा देख्ने अनि जातियताको बिल्ला चढाएर उपद्रो गर्नेहरुको कहिल्यै भलो नहोस् ।

मलार्इ लाग्छ, अहिलेका तिम्रो जजहरु पनि जिन्दगीमा धेरै चोटि असफल भएका होलान् । यसको ज्वलन्त उदाहरण महिला जज हुनुहुन्छ । तिमी पनि जिन्दगीमा यसरी नै सँघर्ष गर अनि बन्नु पुरै बिश्वको जज नै । मैले यति लेखीरहँदा मेरो आँखा रसार्इरहेकोछ । परेली भिजिरहेको छ अनि मन फुट्लाझै गरि दुखिरहेको छ । मलार्इ नै यति गाह्रो भए पछि तिमिलार्इ त्यहाँ गाह्रो नहुने कुरै भएन । तिम्रो दुखमा म मात्रै हैन तिम्रा हजारौं हजार समर्थक हरु दुखी छौं ।

 

मलार्इ यस्तो लाग्छ, तिमी बिनाको नेपाल आइडलको आगामी एपिसोडहरु पक्कै नुन बिनाको तरकारी जस्तै हुनेछ । जो खाए पनि केही स्वादै दिदैन अनि तिमी बिनाको नेपाल आइडल हेरे पनि नहेरे पनि केही महत्त्व हुदैन मलाइ । त्यसैले तिमी नेपाल आइडलबाट आउट भएर नेपाल आइडलको मन्च र स्टेज नछोड्दै मैले आफ्नो मोबाइलबाट नेपाल आइडलको एप्स नै हटाइदिए ।

 

तिम्रो शुभचिन्तक
के पुन मगर
दुबई