माओवादिको जित नै शोषित पिडितको जित हो

प्रकाश कुमार सिँह

नेपालको मधेश यतिबेला स्थानीय चुनावको उत्कर्षमा छ । देशका सबै राजनैतिक दलहरू चुनावमा आफ्नो पक्षमा भोट तान्न जनताको घर घरमा गइरहेका छन् राजनैतिक रुपले यतिबेला मधेश अर्थात नेपालको तराई भुभाग चर्चाको सिखरमा छ । आफुलार्इ संघियताको बिरोधि हुँ भन्ने देखि नेपालमा गणतन्त्र होइन राजतन्त्र हुनुपर्छ भन्ने सम्मका दलहरू चुनावी प्रचार प्रसारमा छन् । देश साँच्चै यतिबेला चुनाव छ र दलहरू सबै साँच्चिकै जनताको पक्षमा छन् र छौ भन्ने आवास दिएका छन यतिबेला दुई नम्बर प्रदेशका जनताले सोच्नुपर्ने अवस्था आएको छ को मधेसि जनताको पक्षमा छ, हामीले चिन्नु पर्ने बेला आएको छ । हामीले यतिबेला छुट्याउन सकेनौ भने अबको पाँच बर्ष फेरि हाम्रो बर्बादिका दिन आउन सक्छन् । सोचौ समय यही हो जहाँ आफ्ना प्रिय पात्रहरु छान्ने समय आएको छ ।

 

अर्को रोचक कुरा के छ भने मधेसि जनतालाई बिहारि र मधेसि जनताको आन्दोलनलाई माँखे साङ्लो भन्ने मधेसि जनता आफ्नो अधिकारको लागि लडेर मृत्यु हुँदा दुइचार आँप झरेको सँग्या दिने । मधेसि जनतालाई अधिकार दिलाउन संविधान सँसोधन गरिदा राष्ट्र बिखण्डण हुन्छ भनेर । उनिहरुलार्इ अधिकार हुनु हुँदैन भन्ने नेकपा एमाले पनि मदेसि जनता माँजमा छ । जसले मदेश र मधेसि जनताको बिरोध गरेर मात्र आफुलाइ राष्ट्रबादि कित्तामा उभ्याउने कोषिस गरेको छ । के यही हो त बास्तबिकता हामीले राम्रोसँग चिन्नुपर्ने भएको छ । जसले जनतालाई अधिकार दिन असुइकार गर्यो पटकपटक मदेसि र पहाडि बिच फाटो ल्याउन भुमिका खेल्यो । जनतालाई अधिकार होइन भेगिय जातीय रुपमा बिभेत गर्दै छ जनतालाई सेवा होइन एनजीओ मार्फत आफ्ना कार्यकर्ता पाल्ने र गाउँमा गएको थोरै बजेट पनि आफ्नाका लागि मात्रा सिमित गरायो । यी र यस्ता प्रबृत्तिलाई हामीले छुट्टाउनु पर्ने बेला यहि हो । यस्ता प्रबृत्तिलाई परास्त गर्न होस अधिकार तपाईंको हातमा छ ।

 

अर्कोतिर काङ्ग्रेस जसले मदेसि जनतालाई प्रत्येक पटक आफुलाइ भोट दिने सिमित नागरिक बाहेक उनिहरुको अधिकार र सहभागीको कुरा गरेन त्यहाँको हलिया कमैयालाई मुक्ति दिने कुरा गरेन उनिहरुलाइ त्यसैमा सिमित गरिराख्यो जमिनदारि प्रथा कायम राख्दै आफु मालिक अनि सोझा साझा जनतालाई नोकरकै मात्र बनायो आफु सरकारमा गएर सबैभन्दा लामो समयसम्मा शासन गर्दा पनि उनिहरुको हितमा कहिलै काम गरेन बरु भारतसँग कोसि बाँध बाँधेर पटकपटक तिनै गरिब दुखि जनतालाई मार्ने धराप खडा गर्यो उ पनि मदेशमा छ । अब तपाईंको पालो हो कस्ता लाई आफ्ना प्रतिनिधि छान्ने अधिकार तपाईंको हो । यसलाई दुरुपयोग होइन सदुपयोग गर्नुहोस आजको सहि निर्णनयले भोलिको सुखत अवसर तपाईं हरु सक्छ त्यसकारण अब सहि निर्णय गर्नुहोस जहाँ तपाईंहरुको हित छ राष्ट्रको प्रगति छ ।

 

अर्कोतिर मदेसि दल जसले मदेसि जनताको नाम बेचेर आफ्नो स्वार्थ पुर्ति गर्ने र सरकारसँग बार्गेनिङ गरेर पटकपटक सरकारमा जाने आफ्नो र आफ्ना सन्तान हरु आफन्तहरु भन्दा बाहेक जनताको सेवा गरेरन उनिहरु पनि अहिले चुनावी अभियान छन समग्र राष्ट्रको हितको कुरा कहिलै नगर्ने सँधै अस्थिरतामा रमाउन चाहाने मदेसि दल छन । यिनलाई पनि छुट्याउनु पर्ने बेला आएको छ । यसलाई पनि ठेगान लगाउनुहोस र एक पटक राष्ट्रिय एकताको पक्यमा आफ्नो अधिकारको पक्षमा आउनुहोस जसले राष्ट्रको एकता र बिकाश गर्न सक्छ । सम्पूर्ण जनजाति र उत्पिडितको पक्षमा राम्रो काम गर्न सक्छ तपाईंको सहि निर्णय कुरेर बसेको छ समय प्रयोग गर्नुहोस ।

 

यी सबै प्रबृत्ति र बिचार अँगालेका राजनैतिक दल र पाटिहरु मदेसमा यतिबेला रातारात अभियान सँचालन गरेका छन उनिहरु राजनैतिक एजेन्डा बिचार सिद्धान्त भन्दा पनि जसरी पनि चुनाव जित्ने बाहेक अर्को उदेश्य नगरेका सक्तिहरु हुन उनिहरुले चुनाव जित्नु र हार्नु कुनै फरक छैन किनकि पटकपटक चुनाव जितेर उनिहरुले मदेसि र सिङ्गो देशलाई केही दिएका छैन दिएका छन भ्रष्टाचार र विभिन्न बिकृति मात्र दिएका छन । न उनिहरु सँग सामनताको नारा छ न अधिकार दिलाउने नारा छ ।
जसरी पनि सत्ता र सक्तिमा पुग्ने मात्र नारा छ त्यो हो । साम , दाम दण्ड ,भेद आदि मात्र हो । जसले समग्र जनताको माग र चाहानालाइ होइन । जसले जित्यो उसको मात्र हित गर्छ । त्यस कारण अब मदेसि जनता सोच्ने बेला आयो । मदेसि जनता पिडामा हुदा केही नगर्ने हरु अहिले ललिपप देखाउदै छन हामी सचेत बन्नै पर्छ ।

 

नेकपा माओबादी केन्द्र जसले राज्यको ब्यवस्था मात्र परिवर्तनको कुरा गरेन सँगसँगै जनताको दैनिकी परिवर्तनको कुरा अधिकारको प्राप्तिको कुरा । राज्यको हरेक क्षेत्रमा समान सहभागीता र समान पौजको लागि सहभागीता सामानता र अधिकारको नारा मात्र होइन । यसलाई कार्यनयन गर्न लागि रहयो जसका कारण आज राज्यका हरेक क्षेत्रमा सबैको सहभागीता हुने काम भएको छ । देशलाई सँघियतामा लिएर जनतालाई गाउँ घरमा नै सेवा दिलाउन महत्त्वपूर्ण कार्यको सुरुवात गर्ने नै माओबादि पाटि हो । जसले जनतालाई आफ्नो गाउँ घरमा नै स्थानीय सरकार दिलाउने सफल सुरुवात गर्यो । जसका कारण आज हामी स्थानीय सरकार मार्फत आफ्ना बिकाशका कामहरु आफुले नै चुनेका प्रतिधिनि मार्फत गर्दै छौ । जुन अवसर दिलाउने नेतृत्व कसले गरेको छ उसलाई चिनौ ।

 

अर्को कुरा माओबादि जसले सिङ्गो राष्ट्रलाई एकताबद्ध गर्न हिमाल पहाड र तराईलाई मिलाउन हरेक प्रकारका प्रयास हरुको थालनी गर्यो त्यसको नेतृत्व गर्यो । हिमाल पहाड तराईमा बिभाजन ल्याउन खोज्ने प्रबृत्तिका बिरुद्धमा आफुलाइ राष्ट्रिय राजनीतिको केन्द्र बिन्दुमा राख्यो । एकताको खम्बाको रुपमा आफुलाइ स्थापित गर्यो । माओबादि केन्द्र जसले मदेसि दलित जनजाति आदिबासि महिला र उत्पिडित जनताको मुक्तिका र अधिकारका लागि सबैभन्दा धेरै बलिदान गर्यो । आजसम्मा सिमित समुदायको नेतृत्व र सहभागीता भएको राज्यको हरेक क्षेत्रमा सबैलाई प्रतिनिधित्व गर्ने असवर दिलायो । माओबादि पाटि मात्र एउटामात्र यस्तो पाटि हो जसले सामाजमा रहेका हरेक खालका बिभेदका बिरुद्ध आन्दोलन गर्यो । उत्पिडित रहेका सबै समुदायका जातीय क्षेत्रीय लैङ्गकि बिभेद अन्त्य गर्ने प्रयत्न गर्यो । त्यसको नेतृत्व गर्यो । अर्को कुरा माओबादिले देशलाई परिवर्तन र बिकासको बाटोमा लैजान नेपाली धर्तिमा पसिना मात्र बगाएको छैन । हजारौं सहिदको रगत पनि बगाएको छ । जसका कारण आज हामी संघियता लोकतान्त्रिक गणतन्त्र सँगियता धर्म निपेक्षता । जनताका प्रतिनिधिद्वारा जारि नयाँ संविधान समाबेसिता सहभागीता सामानुपातिक सबैको प्रतिनिधित्व सहितको देशमा परिवर्तन सम्भब भएको छ ।

 

राजा होइन जनताको छोरा छोरिको सर्बोच्च पदमा आसिन हुने ब्यवस्था गरेका छौ यी सबै माओबादि आन्दोलनका पुजि हुन जनताका सम्पत्ति हुन । जुन ब्यवस्था परिवर्तन चाहनेहरुका लागि आदर्स र गर्व गर्ने कुरा हुन् । माओबादिको जितसँग बर्षौ देखि उत्पिडित सोषण दमनमा परेका हजारौं मुक्तिकामी जनताको जित जोडिएको छ लाखौं परिवर्तनकामी र बिकाश प्रेमि जनताको जित जोडिएको छ । माओबादिको जित नै मुक्ति र परिवर्तनकारिहरुको जित हो ।