खस साम्राज्य, खस जाती र पहिचान

गोरख बहादुर वि. सि.

खस जातिहरुको मातृभूमी खस देश हो जसलाई खसान भनिन्छ । यसबारे विस्तृत अध्ययन गर्ने हो भने खस साम्राज्य ई.सं. १३३७ को महाराज पुन्यमल्लको कनकपत्र अध्ययन गर्दा फारस देखि चीन र श्रीलंका देखि जाबासुमात्रा सम्मका राज्यहरुबाट यसले कर लिने गरेको उल्लेख छ । कैलाश मानसरोवर तल माथि र वरपर सवै देशहरुलाई उल्लेख गरेको छ । विशेष यो खस साम्राज्य सुर्यवंशी खस जातिहरुको इतिहाससँग जोडिएको छ । शक(इन्द्र) कश, खश, पस, पस्कुरा, शककुरा, शक सम्वत्शाक, शाकेः श्री शाके इत्यादी सबै खस शब्द जोडिएका कुराहरु हन् । यसर्थ पूर्वीय शास्त्रहरुमा मनु र शतरुपालाई मानव जातिका आदि पूर्खा मानिएको छ ।

 

कर्णाली किनारमा रहेको कालिकोटको सदरमूकाम मान्मलाई प्रथम मनुको राजधानी र विश्वको प्रथम संविधान मुनस्मृति प्रदान गरेको स्थानको रुपमा लिने गरिएको छ । यस्तै सुर्यवंशी मनुका सन्तती राजा रामको राजधानी अयोध्या पनि कर्णाली नदी कै किनारमा छ । विश्व विख्यात नालान्दा लगायतका अन्य धरै सभ्यताहरुका केन्द्रहरु कर्णाली नदीसंग मिल्न गएको गंगा नदिहरुको किनारमा नै छन् । यस नदिका चारैतिर सुर्यवंशी अर्थात् शकहरुको विकाश भएको देखिन्छ । विशेष रुपमा इतिहासकारहरुले इरानबाट पूर्व जापानसम्मको भू–भागलाई शकस्थान मानेका छन् । यी नै शकहरुबाट भारतिय उपमहादीपमा इ.सं. ७८ बाट सुरु भएको शक संम्वत् चलेको छ । यसैले खस अर्थात् शकहरु हिमालय दक्षिण उत्तरका सबभन्दा प्राचिन जाति हुन् भन्ने कुरा यो कुरा भारतिय उपमहाद्वीपको मात्र होइन थाइल्यान्ड र कम्वोडियाको जातिय इतिहास हेर्दा स्पष्ट हुन्छ ।

 

कर्णाली प्रदेशमा हिउँ जम्ने ठाउँलाई जडान र हिउँबाट पानी खस्ने ठाउँलाई खसान भन्ने चलन चल्ती छ । यो खसानमा जुनसुकै जात–जाति भए पनि खस नै हुन् भन्ने प्रचलन छ तर इतिहासकारहरुका अनुसार जडानका जाडहरुले हिमालवारीका शक वा खसहरुलाई मोन भन्दछन् । खसान खासा, खस, खासि, काश्मिर, खमेर वा मोन खसेर शब्दहरुले खस साम्राज्यको विभिन्न भागको परिचय मिल्दछ भने मोनबाट मोनरोड (औल) अर्थात् मोरङ्ग, म्यानमार र त्यहाँका मोन राज्यले पनि प्राचिन खस जातिको विस्तारलाई संकेत गर्दछ । तिब्बतमा मोन्वा अर्थात् खस जातिहरुको बसोवास छ । यस्तै एसियाका धेरै मुलूकमा अहिले अनेक रुप रंगमा बाँडिएका हुन्छ खस जातिहरु । खसहरु नै शक हुन् र प्राचिनकालमा शकस्थान वा शाकेत क्षेत्र भनिन्थ्यो, शाकेत क्षेत्र शान्तिप्रिय र वधरहित हुनाले यसलाई अवध पनि भनिएको छ । मारकाट नभएको शक्तिप्रिय धेरै जस्तो गणहरुको शासन व्यवस्था भएको शाकेत क्षेत्र जसका निवासी शक वा शाक्यहरु भनिन्यो त्यहीँ महामानव गौतम वुद्धको जन्म भएको हो ।

 

वरिष्ठ इतिहासविद् बदरिदत्त पाण्डे एवं पण्डित कास्मरी कल्हणका अनुसार खस वा सुर्यवंशी शकहरुको इतिहास वैदिककालभन्दा अगाडि सभ्य मान्छेको अस्तित्वमा आएको ई.पु. ७ हजार वर्ष अर्थात् नवपाषण युगसम्म भेटिन्छ । भारतिय हिन्दुहरुले लेखका सबै वर्दहरु शकहरुको बिरताको वर्णनले गरिएका छन् । यसमा हिमालय खण्डमा शैब र वौद्ध धर्मको प्रचार गर्न शिवालय एवं चैत्यहरु बनाउने काम खसहरुले नै गरेका कुरा उल्लेख गरिएको छ । यस्तै पश्चिमी विद्वानहरुले पनि विष्णु पुराणमा यक्षहरुलाई खस मानेका छन् । प्राचनिकालमा यस क्षेत्रमा शक, खस, दयू, नाग, हुण, यवन आदि जातिहरु पनि प्रचिन खस जातिहरु हुन् भनि उल्लेख गरेका छन् । यस्तै स्याङ्सुङ सभ्यता अर्थात सनातन सभ्यताको खस जाति बारेमा पनि उल्लेख गरेको भेटिन्छ । इरान देखि चीनसम्म, मंगोलिया देखि खसानसम्म फैलिएको स्याङ्सङ् साम्राज्यका लिखित इ.पु. ५०० देखि ६०० वर्ष प्रारम्भ भएको मानिन्छ कयौं स्वतन्त्र मण्डलहरुको स्याङ्सुङ साम्राज्यको राजधानी कैलाश पर्वतको पश्चिमा रहेको गरुड नुहाउने स्थान हो । स्पाङसुङको घर्म खसहरुले मान्ने धामी, झाँक्री, भूतप्रेत, वोक्सी, कप्टीनीमा विश्वास गर्ने र मरेका मान्छेहरुलाई पितृ मानी पुजा गर्ने गेर वा गेलो हो । यो चलन हालसम्म कर्णालीमा व्यापक छ ।

 

वास्तवमा पूर्विय दर्शनका प्रकाण्ड विद्धान योगी नरहरि नाथले त उहाँका ग्रन्थहरुमा मानव जातिको सुरुवात संगसंगै खसहरुको स्थापित भएको भन्ने कुराहरु पाइएको छ । यति मात्र होइन कालिकोटको सान्नी तीखासुल्ली विश्वपतिको दरबारको अहिलेसम्म भग्नावेश समेत छ । यसको बारेमा खोज अुनसन्धान हुन जरुरी छ । यो पंतिकारको पुर्खाहरु नै विश्वपति हुन् र विश्व साम्राज्य जमाएको कुरा इतिहास विद् एवं संस्कृतिविद योगी नरहरी नाथको कथन छ । यस्तै पश्चिम इतिहासकार अट्किन्सनले, खसहरुको प्रभाव एशियामा, खोकिन, खाआस, ओउनापेस, कावुल्फा नदी र हिन्दुकुश र कशकारा आदि नाउँ खस जातिसँग सम्बन्धित छन् भनेका छन् । यस्तै कर्णेल विलफेडिले काशगर, काश्मिर, कुमाउँबाट लिएर खसिया पर्वत (आसाम) सम्म फैलिएको बताएका छन् । हेरोडोटस्ले एक खिसिया देशको वर्णन गरेका छन् । दाराका सेनामा भनिन्छ, खस जातिका मान्छेहरु थिए । रोमका प्लिनीले ई.सं. ७९ र युनानका टोलेमीले इ.सं. १५१ मा खसहरु ककेशस् पर्वत काश्मिरदेखि ओक्सस् नदिसम्म खसजातिहरुको बस्ति र राज्यको कुरा उठाएका छन् । यस्तै श्रीलंकाको प्राचिन ग्रन्थमा सम्राट अशोकसंग युद्धमा पराजित हुनुमा समेत खसहरुको वर्णन गरिएको छ । इतिहासकारहरु वदरी पाण्डे, कश्मिरी कल्हण, श्री मैकिन्डल, टोलेमी, टामस्, हेनरी इलियट, सम्राट बाबर चाल्र्स, ए शेरिङ्गले जस्ता विश्व प्रख्यात इतिहासकारहरुले खस जाति र खस साम्राज्यको विस्तृत वर्णन गरेको पाइन्छ । यसलाई खास गरी अहिले खस साम्राज्य र जातिहरुको बारेमा ४ भागमा बिभाजन गरिएको छ ।

 

१. केन्दीय खसान ः जडानकोे दक्षिणी सीमाबाट दक्षिणमा गंगा नदिसम्म र दक्षिणमा गंगा नदिपारी विन्ध्याञ्चलसम्म, पश्चिमा सतलजदेखि र पूर्वमा काठमाडौंको सीमा पर्ने मुक्तिनाथसम्म केन्द्रिय खसान हो ।

 

२. पश्चिमी खसान – यवन, हुण, मुसलमान अन्तमा अंग्रेजहरुको आक्रमणको कब्जापछि खसहरुको लागि विरानो भएको यो क्षेत्र खसहरुको केन्द्रिय राजधानी कर्णाली जस्तै उनीहरु आफ्नै मातृभूमी हो । यो काश्मिर देखि इराक इरानसम्म यस अध्ययन एवं खोज गर्ने हो भने प्रशस्त मात्रामा खसहरु भएको इतिहास भेटिन्छ दाङ्गका सिद्धपुरुष सिद्ध रत्ननाथलाई गान्धारका मुसलमानले पीरको रुपमा अध्यावी पुजा गर्ने चलन छ । महाभारतका कर्णपर्व अध्याय ८ को श्लोकमा “गान्धारान्मद्रकान मत्स्र्यास्लिगतांस्तंगणान खसानः’’ भनेर खम देशलाई गान्धार, भद्रकान, मत्स्य , त्रिगत, टंगन देखि गान्धारसम्म खमहरुको साम्राज्य देखिन्छ ।

 

३. पूर्वीय खसान – कर्णालीका राजाहरुलाई जावेश्र नरेश भनि उनीहरुका प्रशस्तीमा लेखिएकोले खसानको विस्तार जाभा सुमात्रासम्म भएको अर्थ लाग्छ । यसमा कोम्बोडीया र थाइलैन्डका प्राचिन जाति शकहरु भएकोबाट यस क्षेत्रसँग खसानको सम्बन्ध रहेको देखिन्छ । भोटे भाषामा मोन भनेर खसलाई भन्नु र वर्माले आफ्नो देशको नाम नै म्यानमार राख्नुले मोन शब्दसँग म्यान शब्दको तादाम्यता देखिन्छ, आसामका अहोमियाहरुले आफूलाई खसिया भनि गर्व गर्दछन् र भुटान छैठौं शताब्दी अगाडी मोनहरुको राज्य थियो र यो मोनयुल (खसदेश) थियो । दार्जिलिङ्ग जिल्लामा हिमालबाट माल (तराई) मा झर्ने बेला एउटा ठाँउ छ खर्साङ्ग यो पनि खसकै नामबाट खसाङ्ग भएको हो । खमहरु चिन, मंगोलिया जापान देखि दक्षिणमा श्रीलंका समेतले कर तिर्ने गरेका थिए ती सबै खस जातिका भूमि चाहिँ होइनन् तर हिमालपूर्व पश्चिम उत्तर–दक्षिणको निश्चित भूमि चाहिँ खसहरु कै मूलभूमी हो ।

 

४. उत्तरी खसान – उत्तरी खसान खसहरुको सभ्यताको केन्द्र कैलाश मानसरोबर देखि उत्तरको स्यङ्गसुङ्ग साम्राज्यमा रहेको सम्पूर्ण क्षेत्र हो । पछि आएर खम साम्राज्यको उत्तरी क्षेत्र जसलाई जडान भनिन्छ । त्यही नै उत्तरी खसान हो । पुण्य मल्लको कनकपत्र अध्ययन गर्दा पश्चिममा पारस देखि उत्तरमा चिनसम्मले सिंजालाई कर दिने गरेको भए पनि ती सबै देश खमहरु कै अधिनमा थिए । यसर्थ अहिले नेपालको जातिय इतिहासमा देशी विदेशी शक्तिहरुको नुनको सोझो गर्ने इतिहासविद धेरै मौलाएकाले आफ्नै जातिको बारेमा भ्रम श्रृजना गर्ने काम भएको छ । खस जातिहरु अनादी जातिहरु हुन् अहिले विश्वको आधा पृथ्वीमा ओगटेर बसेका छन् । तर विभिन्न रुप र रंगमा विभाजित छन् । पश्चिमा इतिहासकारहरु समेतले यो कुरा स्पष्टसंग लेखेका छन् र स्विकारेका पनि छन् तर नेपालका राजनैतिक पार्टीका नेतृत्व वर्गहरु एवं पश्चिमीहरुको दाना पानी खाएका इतिहासकारहरुले सम्बन्धित क्षेत्रमा अनुसन्धान एवं खोज गर्न जरुरी छ । यति मात्र होइन नेपालका वरिष्ठ कहलाइएका समाजशास्त्री डोर बहादुर विष्ट समेतले पश्चिमी क्रिष्चियन मिसिनियरीहरुको पैसा खाएर खस जाति भित्र विवाद ल्याउने काम गरेका थिए । हाल देखिएका विभिन्न खस जाति भित्रका जातिय संगठनहरुलाई समेत आफु के हुँ र आफ्नो सभ्यता के हो ? आफ्नो जातिय पहिचान के हो ? आफ्नो मूलभूमी के हो ? भन्ने बारे अज्ञानता छ र खस–खस भित्र विवाद ल्याउने काम पनि गरिरहेका छन् ।

 

आफ्नो पुर्खाको गरिमामय इतिहासलाई जगेर्ना गर्नुको ठाउँमा विदेशीको पैसा खाएर आफ्नै जाति, धर्म, संस्कृतिका विरुद्धमा लाग्नुले यो बाहेक अरु के विडम्बना हुन सक्छ । यसर्थ केन्द्रिय खसान अन्तर्गतका भूमिहरु पूर्व, पश्चिम र उत्तरी खसानलाई समेटेर अन्तराष्ट्रिय रुपमा खस महासंंघ बनाउन आवश्यक्ता छ । आज चारैतिरबाट हामी थिचिरहेका छौं जसले विश्वलाई नै आफ्नो कब्जामा लिएको थियो, त्यसैले सचेत वर्गहरुले र पुर्खाको इतिहासलाई पुन जिवित गराउनु पर्ने अवस्था आएको छ । किनभने नेपाललाई चारै तर्फबाट घेराबन्दी बनाइएको छ यसलाई बलियो बनाउन र विश्वलाई चिनाउन खस जातिहरुको योगदान र कौशलतालाई चिनाउन सम्पूर्ण विश्वका खस जातिहरुको एकताको खाँचो छ ।

लेखक ः खस राज्य समितिक संयोजक हुनुहुन्छ ।