बाबुरामप्रति मेरो सहानुभूति छ

पुष्पकमल दाहाल ‘प्रचण्ड’

म भर्खरै चितवनबाट आएँ, बिहान ११ बजेसम्म भरतपुरमा थिएँ । नयाँ शक्तिमा गएका धेरै साथीहरु र्फकने क्रम छ । देवेन्द्र पौडेलको नेतृत्वमा करिव–करिव सबै माओवादी फर्किए भन्दा पनि हुन्छ । आज बिहान मात्रै चितवनमा नयाँ शक्तिका बाँकी तीन दर्जन साथीहरुलाई टीको लगाएँ । उहाँहरुले भन्नुभो, सकियो नयाँ शक्ति ।

 

मलाई गोरखाली दिदीबहिनी दाजदाइका अगाडि उभिएर बाबुरामजीको कुरा गर्दा बडो नमीठो लाग्छ । अति भावुक पनि भएर पनि आउँछु । मैले २५ वर्षदेखि बाबुरामजीलाई बचाउँदै बचाउँदै, जोगाउँदै जोगाउँदै ल्याएको थिएँ । धेरै ठूलो दुःख गरेर जोगाएको हो बाबुरामलाई । तर,पछिल्लो चरणमा बाबुरामलाई जोगाउन सकिएन, उहाँ फुत्किुनभयो । कहाँ जानुभयो कहाँ जानुभयो रु कम्युनिष्ट आन्दोलन छाडेर जानुभयो, विचार छोडेर जानुभयो, नैतिकता छोडेर जानु भयो । मलाई अहिले पनि उहाँको माया लाग्छ ।

 

म यो मञ्चबाट बाबुरामजीलाई भन्न चाहन्छु, खुरुक्क माओवादीमा फर्किनुस्, तपाईको भलो त्यसैमा छ । दायाँबायाँ गर्नुभयो भने घर न घाटको बन्नुहुन्छ । मलाई बढो पीर परेको छ । म अहिले पनि भन्छु, उम्मेदवारी छोड्दिनुस् । माओवादी, आन्दोलन, प्रचण्ड छोडेर गल्ती गरेँ भनेर आउनुस्, तपाईलाई स्वागत गर्न तयार छु । आउनुस्, उम्मेदवार छोडर आउनुस्, तपाईले जित्नु पनि हुन्न । तपाईलाई कांग्रेसले ठाउँ पनि दिन्न । तपाईलाई माया गर्ने हामी माओवादीले मात्र हो । अघि केपी ओलीजीले तल कता रछ्यानमा हुन्छ तपाईको ठाउँ भन्नुभयो । मलाई पनि लाग्छ कि कांग्रेसमै गए पनि तपाईलाई ठूलो नेता मान्दैनन् । अवसरवादी, विचार नभएको, विचलनमा परेको, बुद्धि नभएको भन्नेवाला छन् ।

 

मैले उहाँलाई भनेको पनि छु, तपाईले पढ्नुचाँहि भयो, ज्ञान हासिल गर्नुभयो । तर, कहाँ प्रयोग गर्ने बुद्धि भएन । ज्ञान भएको, बुद्धि नभएको मान्छे भन्ने गरेको छु मैले बाबुरामजीलाई । तपाईको पतन भएको मलाई रमाइलो लागेको छैन । हामी जनयुद्धमा सँगै हिड्यौं, शान्ति सम्झौता गर्‍यौं । अस्ति नारायणकाजी कमरेड र मेरो सल्लाह भएको थियो, उहाँ आउनुभयो भने २ नम्बरमा बाबुरामलाई दिनुपर्छ । बरु नारायणकाजी कमरेडलाई अर्को क्षेत्र खोजौंला । तर, उहाँको बुद्धि त पुगेन । कांग्रेससँग गठबन्धन गर्न पुग्नुभयो । बाबुरामजी घर न घाटको भएको रमाइलो लागेको छैन । म फेरि एक पटक भन्न चाहन्छु, यो नौटंकी गर्न छोडिदिनुस् । दुनियाँका अगााडि किन नाटक गर्नुहुन्छ रु देशभरि त हास्य पात्र भइसक्नुभएको छ । नयाँ शक्ति बनाएर के के न गर्छु, दिल्लीको जस्तो केजरीवाल हुन्छ भन्ने ठान्नुभएको थियो । नेपाल दिल्ली होइन, गोरखा दिल्ली होइन, तपाई केजरीवाल पनि होइन । यो हुनै नसक्ने कुरातिर तपाई किन लाग्नुभयो रु मेरो पुरानो सहयोद्धा यति धेरै पर किन गएको होला भन्ने मलाई चिन्ता छ ।

 

माओवादी पार्टीको यहाँ जबरजस्त संगठन छ । गोरखाली जनता २ र ४ पैसामा बिक्ने वाला पनि छैनन् । यदि तपाईलाई २ र ४ पैसा जम्मा गरेको छु, बाँड्छु र जित्छु भन्ने लागेको छ भने यो भ्रम हो । त्यो सपनाबाट ब्यूँझिनुस्, त्यसैमा तपाईको कल्याण छ । उम्मेदवारी छाडेर माओवादीमा आउनुभयो भने कसरी सम्बोधन गर्नुपर्छ हामीलाई थाहा छ । तर, यदि त्यसका लागि तपाई तयार हुनुभएन भने भीरबाट लड्ने गोरुलाई रामराम भन्न सकिन्छ, काँध थाप्न सकिन्नँ भनेजस्तै तपाईको स्थिति हुनेछ हेर्दै जानुहोला । मेरो पुरानो मित्र हुनाले अझै बाबुरामप्रति मेराे सहानुभूति छ, आउनुस्, सँगै मिलेर काम गरौं । होइन भने त्यसको परिणाम कांग्रेसमा गएर पनि सुख पाउनुहुन्न ।

 

(माअाेवादी अध्यक्ष प्रचण्डले बुधबार गारेखाकाे चुनावी सभामा दिएकाे मन्तब्यकाे सारसंक्षेप)