हजार मेगावाट बिजुली निकाल्दै बुटवल पावर कम्पनि

काठमाडौं । बुटवल पावर कम्पनीले १ हजार मेगावाट विजुली उत्पादन गर्ने घोषणा गरेको छ । त्यसका लागि चीनका ३ वटा कम्पनीसँगको साझेदारीमा ५ वर्षभित्र २ देखि ३ खर्बसम्म लगानी गर्ने जानकारी कम्पनीले दिएको छ ।

 

चीनको सिचुवान प्रोभिन्सल इन्भेस्टमन्ट ग्रुप, चेङ्दु सिंचेन इन्भेस्टमेन्ट ग्रुप र छिमयुआन इन्जिनियरिङ कन्सल्टेन्सी लिमिटेसँग साझेदारीको घोषणा गरेको हो । राजधानीमा एक विषेश समारोहका बीच बुटवल पावर कम्पनीसहित चार कम्पनीले पहिलो प्रोजेक्टका रुपमा १०० मेगावाटको तल्लो मस्र्याङ्दी जलविद्युत आयोजना बनाउने घोषणा गरेका छन् ।

 

अबको ५ वर्षमा चार कम्पनीहरुले २ देखि ३ अर्ब अमेरिकी डलर खर्चेर एक हजार मेगावाट विजुलीको उत्पादन गर्ने लक्ष्य लिएको बताएका छन् । चीनका सबै लगानीकर्ता कम्पनीहरु स्थानीय क्षत्रेमा जलविद्युत क्षत्रेमा निकै सफल कम्पनी भएको जानकारी बुटवल पावर कम्पनीका पद्म ज्योतिले जानकारी दिए ।

 

०२० सालमा स्थापित बुटवल पावर कम्पनीले भने अहिले ३७।६ मेगावाटको ‘कावेली ए’ र ३० मेगावाटको न्यादी हाइड्रो पावर निर्माण गरिरहरेको छ । कम्पनीले १२ मेगावाटको झिमरुक र ९।४ मेगावाटको आधिखोला हाइड्रोपावर सञ्चालन गरिरहेको छ ।