विश्वकप ड्र सार्वजनिक, स्पेन र पोर्चुगल एउटै समूहमा

काठमाडौ । सन् २०१८ मा रसियामा आयोजना हुने विश्वकपको ड्र सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक गरिएको ड्रमा साबिक विजेता जर्मनी समूह एफमा परेको छ । जर्मनीसँगै मेक्सिको, स्वीडेन र दक्षिण कोरिया रहेको छ ।

 

इंग्ल्याण्ड समूह जीमा रहेको छ । इंग्ल्याण्डले बेल्जियम, पानामा र ट्युनियालाई प्रतिद्वन्द्वी पाएको छ । पोर्चुगल र स्पेन समूह बीमा परेका छन् भने अर्जेन्टना समूह डी र ब्राजिल समूह ईमा परेको छ । प्रतियोगिता आगामी वर्षको जुन १४ देखि जुलाई १५ सम्म रसियाका १२ स्टेडियममा आयोजना हुनेछ ।
हिलो खेलमा आयोजक रसियाले साउदी अरेबियाको सामना राजधानी मस्कोमा गर्नेछ ।

यस्तो छ समूह विभाजन ः