कृषि विकास बैंकको ५ करोड ठगी गर्ने पक्राउ

काठमाडौं । कृषि विकास बैंकको न्यूरोड शाखाबाट करिब ५ करोड हिनामिना गरेको आरोपमा बैंकमा कार्यरत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले कृषि विकास बैंकमा कार्यरत ३२ वर्षीया दिपिका रेग्मी, प्रकाश घतानी र रमेशकुमार थापालाई पक्राउ गरेको हो ।

 

दिपिका सोही बैंकको शाखामा कार्यरत थिइन् । अन्तर शाखामा कारोबार क्लियरिङको रकम पेन्डिङ भएको देखाएर हिनामिना गरेको उनीमाथि आरोप छ । उनले यसरी ४ करोड ९१ लाख रुपैयाँ हिनामिना गरेको आरोप लगाइएको छ ।