गजल/असल हुनेलाई…….

ललित निर्दाेषी

असल हुनेलाई ईमान्दार गरेर देखाउँछु
भ्रष्टाचारीलाई गिरफ्तार गरेर देखाउँछु

 

नसोच्नु कमजोर छ, हेर्दै जाउ एकदिन
यो दुनियाँलाई अन्धकार गरेर देखाउँछु

 

बिश्वास नगर्न सक्छन्, हाँस्दै मेरा मान्छे
त्यसैले, अब एक आधार गरेर देखाउँछु

 

हात छन्, पाखुरा छन्, साथमा कलम छ
अब पनि तिम्रो प्रचार गरेर देखाउँछु

 

हुँदैछ हार किन, तिम्रो विरानो संसारमा
हारेर पनि जित बारम्बार गरेर देखाउँछु