हाम्रा मन्त्रीहरुको तमासा बढी भोः न्यौपाने

२६जेठ २०७५शनिबार 

 

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवा नेता लेखनाथ न्यौपानेले आफ्ना पार्टीका मन्त्रीहरुले तमासा गरेको बताएका छन् । न्यौपानेले सामाजिक संजालमा तमासा बढी भएको लेखेका छन् ।

नेता न्यौपानेले पूर्व माओवादी कन्द्रका मन्त्रीहरुले सार्वजनिक गरेको सम्पती विवरणलाई नाटकको संज्ञा दिएका थिए । उनले मन्त्रीहरुले सस्तो लोकप्रियताकै लागि बढी बोल्ने गरेको बताउँदै आएका थिए । तर, कुन प्रसंगमा र कामलाई तमासा केही उल्लेख गरेका छैनन् ।

नेता न्यौपानले पार्टी एकीकरणलाई माओवादी केन्द्रको एमालेकरण भएको बताएका थिए । उनले रुपमा एकता जस्तो देखिएपनि सारमा माकेको एमालेमा विलय भएको दाबी गरेका थिए । जबकी वरिष्ठ नेताहरुले सम्मानजनक एकता भएको भन्दै खुशी व्यक्त गरिरहेका छन् ।
एकताको साँझ बालुवाटारमा आयोजना गरिएको रात्रि भोज खान पनि गएका थिएनन् ।

आफू निकटका केही युवा नेताहरुसँग न्यौपानेले गृहमन्त्री रामबहादुर थापाले पनि चर्चाकै लागि सुनकाण्ड अगाडि ल्याएको बताउँदै बास्तविक सुन तस्करले उन्मुक्ति पाउने बताउँदै आएका छन् ।