फेरी मलेसियामा बस्ने नेपालीको लागि दु:खद खबरः

 

 

प्रकाशित मिति : २७ जेष्ठ २०७५, आईतवार 

हामीले उनीहरुलाई काममा लगाइराख्नुपर्ने जरुरी छैन, उनीहरुको व्यवस्थापन पनि गर्नुपर्छ’ मुहिद्दिनले भने, ‘अहिले हामीलाई आवश्यक भन्दा धेरै कामदारको आपूर्ति भएको छ । त्यसैले यो समस्या हामीले तत्काल समाधान गर्नुपर्छ।’‘उनीहरुले सामाजिक र आर्थिक समस्याहरु ल्याएका छन्, हामीले अब पुरै नयाँ परिपक्षमा हेर्नुपर्छ,’ मासिक मन्त्रीस्तरीय सभामा तीन सयभन्दा बढी कर्मचारीको अगाडी उनले भने।

 

मुहिद्दिनले देशको कुनै कुनै स्थानमा त मलेसीयाली भन्दा विदेशी कामदारको सङ्ख्या धेरै रहेको बताए । मलेसियालीहरु खतरनाक लगायतका काम गर्न हिच्किचाउने भन्दै उनले त्यस्ता कामहरु धेरैजसो विदेशी कामदारले गर्ने गरेको बताए । ‘हामीले पहिले स्थानीयलाई अवसर दिनुपर्छ तर, उनीहरुले एयर कन्डिसन बिना काम गर्न खोज्दैनन् । त्यसैले हामी यो समस्या समाधानको लागि एउटा संयन्त्र खडा गर्दैछौं’ उनले भने ।यसैगरि उनले धेरै मात्रामा अवैध रुपमा बंगलादेशी कामदारहरु मलेसिया आएको पनि बताए ।

अध्यागमन विभागले फेब्रुअरी २०१६ बाट सुरु गरेको ‘रिहायरिङ प्रोग्राम’ जुनको ३० बाट सकिनेछ । यो कार्यक्रम अन्तरगत अवैधानिक विदेशी कामदार वैध भएर काम गर्न अनुमति दिइन्थ्यो ।मलेसियाली सरकारको तथ्याङ्क अनुसार अहिलेसम्म यो कार्यक्रमबाट झण्डै साढे सात लाख विदेशी कामदार र असी हजार भन्दा धेरै रोजगार दाता लाभान्वित भएका छन् ।
गृहमन्त्री मुहिद्दिनले जुन ३० पछि अवैध विदेशी कामदारमाथि कारबाहीको लागि अपरेसन सञ्चालन गर्ने पनि बताएको मलाया मेल वेबसाइट मा भनिएको छ |
चौतारी पोष्ट बाट साभार