नेपालः लोडशेडिङ विनाको विश्वकप

अघिल्लो विश्वकप काठमाण्डू विश्वविद्यालयका आफ्ना साथीहरूसँग भाडामा लिएको प्रोजेक्टरमा हेरिरहँदा झ्यापझ्याप बिजुली गएको सिन्धुपाल्चोकका प्रवीण सापकोटाले बिर्सेका छैनन्।सन् २०१४ को विश्वकप उनले समर्थन गरेको टोली जर्मनीले नै जित्यो। तर नेपालमा त्यसबेलाको ऊर्जा सङ्कटका कारण कतिपय खेल हेर्न कठिन भएको उनी सम्झिन्छन्। उनले भने, “ठ्याक्कै आफूले समर्थन गरेको टोलीले गोल हान्न लाग्दा वा गोल खान लाग्दा बत्ती गएको त्यतिबेलाको अनुभव अझै ताजै छ।”छटपटी”त्यसबेला छटपटी भएर मोबाइलको डेटा चलाएर के भइरहेको छ भनेर हेर्ने गरिन्थ्यो। अझ तीन-चार घण्टा बत्ती आएन भने त औडाहा नै हुन्थ्यो।”

 

तर सापकोटा जस्ता फुटबलका नेपाली समर्थकहरूलाई यसपालि विगतका विश्वकपको जस्तो छटपटी छैन। फुटबल”कुनै समय दिनको १८ घण्टासम्म रहेको लोडशेडिङ यस वर्षबाट औपचारिक रूपमा अन्त्य भएको हालै नेपाल विद्युत् प्राधिकरणले घोषणा गरेको छ।

 

विद्युत् प्राधिकरणको घोषणाबाट आफू उत्साहित भएको सापकोटा बताउँछन्। इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङको आठौँ सेमेस्टरमा अध्यननरत उनी भन्छन्, “यसपालि ढुक्कले विश्वकप हेर्न पाइने अपेक्षा गरेको छु, लोडशेडिङ नहुँदा एकदम रमाइलो हुनेवाला छ।” नियमित यसअघि विश्वकप फुटबलको आयोजना भएको साल सन् २०१० मा नेपालमा सातामा ९८ घण्टासम्म र सन् २०१४ मा साताको ८४ घण्टासम्म लोडशेडिङ भएको तथ्याङ्क विद्युत् प्राधिकरण अन्तर्गतको भारप्रेषण केन्द्रसँग छ।

 

साधारणतया बर्खायाममा विश्वकप फुटबल प्रतियोगिता आयोजना हुने भएकाले त्यसबेला सुक्खायाममा भन्दा कम लोडशेडिङ हुने गरेको थियो। नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी कुलमान घिसिङ यसपटक विश्वकप फुटबलको समयमा बिजुली आपूर्ति नियमित हुने बताउँछन्। विश्वकप २०१८ को विजेता पूर्वानुमान गर्नुहोस्विश्वकप २०१८ बारे जान्नुपर्ने कुरा सात चित्रमा उनले भने, “विश्वकपको समयमा लोडशेडिङ हुँदैन। तर कम भोल्टेज र प्राविधिक समस्याहरू देखिन सक्छन्, स्थानीय स्तरमा ट्रान्सफर्मरमा केही समस्याहरू देखियो भने बिजुली आपूर्ति प्रभावित हुन सक्छ।”उनले यस पटक रातिको समयमा रुस विश्वकप फुटबलका खेलहरू भएकाले बिजुलीको खपत भने थोरै बढ्ने उल्लेख गरे।

 

प्रसारण फुटबल” घिसिङ भन्छन्,। “माग केही बढे पनि सबै जना विश्वकपमै केन्द्रित हुन्छन्, खेलका कारणले उद्योगहरू कम चल्न पनि सक्छन्। त्यहीँ भएर खासै धेरै माग बढ्ने देखिँदैन।” कुनै निश्चित एक टोलीको समर्थक नरहे पनि कार्यकारी निर्देशक घिसिङ स्वयंले पनि समय मिलेसम्म विश्वकप फुटबलका खेलहरू हेर्ने योजना बनाएका छन्। नेपालमा झन्डै ३६ लाख विद्युत्‌ प्राधिकरणका ग्राहक छन् र कुल जनसङ्ख्याको ७२.५ प्रतिशत हिस्सामा टेलिभिजनको पहुँच पुगेको बताइन्छ। आर्जेन्टिनाले जितेको सन् १९८६ को विश्वकप फुटबलका खेलहरू त्यसबेला भर्खरै प्रसारण थालेको नेपाल टेलिभिजनले ‘रेकर्ड गरेर’ प्रसारण गरेको थियो। त्यहीँ विश्वकपमा विश्वका चर्चित फुटबल खेलाडी माराडोनाको खेल कौशल देखेका नेपालीहरू त्यसबेलाबाट आर्जेन्टिनाको समर्थक बन्न थालेको बताइन्छ।

 

समर्थन ब्राजिल र आर्जेन्टिनाजस्ता चर्चित टोलीलाई नै धेरै नेपालीहरूले समर्थन गर्ने गरेका छन्। हाल १०४४.६ मेगावाट बिजुली स्वदेशमै उत्पादन गरिरहेको नेपालले भारतबाट पनि थप बिजुली आयात गर्छ। देशको जनसङ्ख्याको करिब १८ प्रतिशतले नवीकरणीय ऊर्जाबाट विद्युत्‌मा पहुँच कायम गरेका छन्। तर अझै पनि ग्रामीण क्षेत्रका प्रत्येक १० मध्ये तीन परिवार अँध्यारोमा बस्न बाध्य छन्। त्यस्ता कैयौँ परिवार यसपालि पनि विश्वकप फुटबलको रन्कोबाट टाढै हुने देखिन्छ। ,बीबीसी बाट,