न्यायलयमा २९ थरी बिचौलिया, निर्णायक राजनीतिमा लाग्नेको प्रभाव बढी

 न्यायलयमा बिचौलिया हाबी भएको खबर छ । समाचार अनुसार न्यायलयमा सक्रिय २९ थरी बिचौलिया छन् । यीमध्येमा पनि बढी राजनीतिक विचौलिया छन् ।

अन्नपूर्ण लेख्छ– झण्डै एक दशकअघि न्यायलय र बार आफैंले गरेको अनुसन्धानमा २९ थरी बिचौलिया किटान गरिएको थियो । तर अहिले साना प्रकृतिका बिथौलिया सुशुप्त देखिए पनि ठूला बिचौलिया अझै शक्ति आर्जन गर्दै नियुक्ति प्रक्रियादेखि न्याययिक निर्णयसम्म प्रभाव पार्न सक्रिय छन् ।’

सर्वोच्च अदालतले बिचौलियासँग सतर्क हुन र निगरानीमा राख्न मुलुकभरका अदालतमा सर्कुलरसमेत गरेको छ । कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको निर्देशनअनुसार रयस्तो सर्कुलर गरिएको समाचारमा उल्लेख छ ।