नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको भेला १९ बुँदे हेटौंडा घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ

काठमाडौं, असार ८ ।

नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको भेला १९ बुँदे हेटौंडा घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। चार दिनसम्म चलेको भेलाले सरकार सर्वसत्तावाद उन्मुख भएको निष्कर्ष निकालेको छ ।
साथै सरकारले जनविरोधी चरित्र देखाएको भन्दै त्यसविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएको छ । कम्युनिष्ट सरकारले सञ्चार माध्यममा निषेध र नियन्त्रणकारी हस्तक्षेप, न्यायपालिकालाई प्रभावित पार्ने अभिव्यक्ति, कर्मचारी र शैक्षिक क्षेत्रमाथि अन्यायपूर्ण आतंक, एनजीओ आइएनजीओमाथि नियन्त्रणकारी रवैया अपनाएकाले बर्तमान सरकार सर्वसत्तावाद उन्मुख भएको प्रस्ट घोषणापत्रमा उल्लेख छ ।

भेलाले गणतन्त्र, संघीयता, स्वतन्त्र न्यायपालिका, प्रेस स्वतन्त्रता लगायतका लोकतान्त्रिक मूल्यमान्यताको रक्षाका लागि दृढतापूर्वक उभिने निर्णय समेत गरेको छ । तत्कालीन एमालेको नक्कली राष्ट्रवाद सरकारमा पुगेपछि लम्पसारवादमा परिणत भएको आरोप कांग्रेसको छ ।

यसले जनताको आत्मसम्मानमा ठोस र्पुयाएको निष्कर्ष निकालिएको छ । शेरवहादुर देउवा नेतृत्वको सरकारले गरेका निर्णय बर्तमान सरकारले उल्टाएको प्रति भेलाले खेद प्रकट गरेको छ ।

भुकम्प पीडितलाई दिइने अनुदान रकममा थप एक लाख दिने, क्यान्सर, मृगौला रोगी र स्पाइनल इन्जुरी लगायत गम्भीर प्रकृतिका रोग लागेका बिरामीलाई जिविकोपार्जन बाफत मासिक ५ हजार दिने निर्णय र ६५ बर्ष उमेरमाथिका बृद्धबृद्धालाई थप भत्ता दिने निर्णय अविलम्ब कार्यान्वय गर्न समेत सरकारसँग भेलाले माग गरको छ ।

यस्तै बिधान सम्सोधन गर्ने तथा महासमिति बैठक तत्काल बोलाउने निर्णय गर्दै कांग्रेसले भेलाले सरकार अधिनायकवाद तर्फ अघि बढेकाले नियन्त्रणका लागि छायाँ सरकारको परिकल्पना पुन अघि सार्ने निर्णय गरेको छ ।

राष्ट्रिय राजनीतिमा कांग्रेसको भूमिका थप सक्रिय बनाउन नेतृत्वले आफुनो शैली परिवर्तन गर्नुपर्ने उल्लेख गर्दै जिल्ला सभापतिहरुको भेलाले ध्यानाकर्षण गराएको छ ।यस्तै हेटौडा घोषणा पत्रमा देशैभर जागरण अभियान चलाउने, भ्रातृ तथा सुवेच्छुक संघरसंगठन जुगारु र क्रियाशिल बनाउने लगायत बिषय समेटिएका छन् । गत मंगलवार सुरु भेला हिजो सक्ने भनिएपनि सभापतिहरुले बोल्ने क्रम नसकिएपछि एक दिन लम्बिएको हो ।