चीनको छ दिने अाैपचारीक भ्रमण सकेर प्रधानमन्त्री अाेली स्वदेश फिर्ता

 

१० असार,काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओली चीनको छ दिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फिर्ता भएका छन् ।

आज प्रधानमन्त्री ओली बिहान १०ः १५ बजे स्वदेश आइपुगेका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललगायतले स्वागत गरेका थिए ।
प्रधानमन्त्री ओली यही असार ५ गते चीन प्रस्थान गरेका थिए ।