गगन थापाले १४करोड घुस खाएको खुलासा

काठमाडौं–  बिएनसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले (तत्कालीन) पूर्व स्वास्थ्यमन्त्री गगन थापाले १४ करोड रुपैयाँ घुस खाएको गम्भीर आरोप लगाएका छन् । आइतबार राजधानीमा रिपोर्टस् क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै सञ्चालक प्रसाई सो आरोप लगाएका हुन् । प्रसाईले गगन थापाले स्वास्थ्यमन्त्री हुँदा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १४ करोड रुपैयाँ घुस खाएर भिसी नियुक्ती गरेको गम्भिर आरोप लगाए । उनले भने,‘गोविन्द केसीलाई अनशन बसाउन उचाल्ने विवेकशील साझा पार्टीमात्रै नभएर गगन थापा पनि हुन भन्ने कुरा आज उनले संसदमा मलाई माफिया भनेर बोलेकोले नै पुष्टि हुन्छ, तर हेक्का रहोस् गगन थापा स्वास्थ्यमन्त्री हुँदा उनले १४ करोड घुस खाएर भिसी नियुक्ती गरेको कुरा हामीलाई राम्रोसँग थाहा छ ।’ तत्कालीन मन्त्री थापाले घुस खाएको प्रमाण दिन सक्नुहुन्छ भनेर पत्रकारले सोधेको प्रश्नमा उनले भने,‘घुस भन्ने कुराको प्रमाण हुँदैन, यो त लेनदेनको विषय हो, लिने र दिनेलाई मात्रै थाहा हुन्छ, तर हामीलाई सुचना छ ।’ थापाविरुद्ध कडा रुपमा प्रस्तुत भएका प्रसाईले भने, ‘होला, गगन थापाले बोल्न जानेका होलान्, उनले मलाई भनिरहेका छन् अरे नेताहरुलाई भात खुवाएर मेडिकल माफिया उम्किँदैछ, मैले चोरेको सम्पतिबाट मेडिकल कलेज खोलेको होईन, राज्यलाई कर तिरेको छु, ७ सय भन्दा बढिलाई रोजगार दिएको छु, नेपाल मेडिसिटी अस्पताल हाम्रो प्रतिष्पर्धामा आएको छ, नभए नेपालमा हाम्रो जति सुविधा सम्पन्न अर्को निजि मेडिकल कलेज छैन् हामीलाई समेत किन माफिया भनिदैछ ?’ प्रसाईले डा. गोविन्द केसीका मागहरु पूरा गर्नुपर्ने कुनै कारण नभएको तर्क गरे । उनले भने,‘दुई तिहाई सरकारले एउटा गोविन्द केसीको खुट्टामा ढोग्नुपर्ने ? गोविन्द केसी को हो र ? आफूले भनेको हुनुपर्छ भन्ने गोविन्द केसीको नाममा अरुले फाईदा लिँदैछन्, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा किन लगियो ? माईतीघरमा कागजका टोपी लगाएर आन्दालेन गर्नेहरुले हाम्रो पीडा बुझेका छन् त ?