नेकपा सचिवालय बैठकले विधान र नियमावली पास गरेको छ

काठमाडौं असार २७। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले विधान र नियमावली पास गरेको छ ।

प्रवक्ता तथा नेता नारायणकाजी श्र्रेष्ठका अनुसार पारित भएको विधान र नियमावली प्रकाशनका लागी पठाईने समेत निर्णय भएको छ । श्र्रेष्ठले भनेका छन्  ‘नियमावली पारित भएको छ, यो सँगै बिधानलाई प्रकासनका लागि पठाउने निर्णय गरिएको छ, अब तल्लो तहमा एकता प्रक्रिया अघि बढ्छ।’

यसअघि वामदेव गौतमको नेतृत्वमा रहेको समितिले स्थायी समितिबाट आएका सुझावहरुलाई समेत समेटेर तयार गरेको विधान र नियमावली हिजो सचिवालयमा पेश भएको थियो ।

स्रोतका अनुसार महासचिव विष्णु पौडेलले नयाँ थपिएका र सच्याइएका धारा र प्रावधानहरुको भाषा तयार गर्नेछन् र दुवै अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई देखाएर प्रकाशनका लागी पठाउने छन् ।
यो सँगै नेकपाका तल्ला कमिटिहरु र भातृ संगठनहरुको एकता प्रक्रियाले गति पाउने भएको छ ।