अमेरिकाको दादागिरी व्यापारमा एकलौटी चल्दैन :चीन

काठमाडौ असार २८।चिनियाँ सामानमा पछिल्लोपटक आएर अमेरिकाले फेरि पनि व्यापार कर थोपरेपछि चीनले अब विश्व व्यापार र विश्व बजारमा अमेरिकाको एकलौटी दादागिरी नचल्ने चेतावनी दिएको छ । अमेरिकाले लहडी रुपमा पटकै पटक चिनियाँ सामानहरु आयातमा कर थप्दै गएपछि चीनले आधिकारिक रुपमा यो भनाइ सार्वजनिक गरेको हो ।

‘अमेरिकी दादागिरी’ को संज्ञा दिइएको चिनियाँ प्रतिक्रियापछि उसले आफ्नो देशमा आयात गरिने अमेरिकी सामानहरुमा पनि चर्को व्यापार कर लगाएर बदला लिने घोषणा गरेको छ । यो घोषणा र कदम भने चीनले आफूले बाध्यात्मक रुपमा चालिएको बताएको छ । चीनका अनुसार अमेरिकाले एकपछि अर्को गरी चिनियाँ सामानहरुमा यसरी कर थोपर्दै गएपछि ऊ पनि चूप लागेर बस्न सक्ने अबस्थामा नरहेको उसले बताएको छ ।

चीनका अनुसार कानुनी रक्षाका लागि पनि उसले यी कदमहरु चाल्न थालेको हो । वासिंगटनले चीनलाई वौद्धिक सम्पत्ति चोरेको भनी वारम्बार आरोप लागाउँदै आएछि उसले यो कानुनी रक्षाको कदम चालिन लागेको बताएको हो ।

हाल एशियाका प्रमुख व्यापारिक केन्द्रहरु टोक्यो, हङकङ र बेइजिङले आआफ्ना अर्थतन्त्र र बजार जोखिमबाट बचाउन खोज्दा त्यहाँको सट्टाबजारमा निकै गिरावट आएको छ ।