भारत’ छाडेकी प्रियंकाको ठाउँमा कट्रिना कैफ सलमानको साथमा

  एजेन्सी । कट्रिना कैफ र सलमान खान, जसले ‘टाइगर’ को दोस्रो संस्करणलाई धेरै हिट बनाए, अब फेरीसँगै देखिँदैछन्। सलमान खानको ठूलो प्रजेक्ट ‘भारत’ मा प्रियंका चोपडा अनुबन्धित थिइन, अब त्यो ठाउँमा कटरिना देखिने भएकी छन्।

 

तर अहिले सम्म अभिनेत्री भने यस विषयमा मौन छिन्। निर्देशक अलिले सामाजिक सञ्जाल मार्फत ‘निक जोनससँगको उनको समय’ ले गर्दा चलचित्रबाट बाहिरिएको बताएका थिए। अभिनेत्री प्रियंका चोपडाले ‘भारत’ मा काम नगर्ने खबर गतसाता नै आइसकेको छ। निर्देशक अलि अब्बास जफरले गरेको ट्वीटले पनि अभिनेत्रीको अमेरिकी गायक तथा अभिनेतासँग विवाह हुन लागेको र उनी त्यहि विवाहको तयारीमा रहेको अड्कल लगाइएको छ।

 

यहि विषयलाई पच्छ्याउँदै सलमान खानका फ्यानले अभिनेत्रीले चलचित्र छोड्नु सलमान खानको विरुद्ध षडयन्त्र भएको मानेका थिए। त्यसैले चलचित्रको नयाँ मुख्य अभिनेत्रीको नाम सुन्नको लागि उनीहरु एकदमै आतुर थिए। यो चलचित्रमा कटरिना सलमान खानको श्रीमतिको भूमिकामा देखिनेछिन्। निर्देशकले दावी गरेका छन् की ‘भारत’ मा यो वर्ष आएका दृष्यहरु भन्दा फरक दृष्यहरु देख्न सकिन्छ।

 

उसोतः यस अघि पनि अभिनेत्री कट्रिना कैफलाई फिल्म ‘भारत’का लागि छनौट गरिएको भन्ने समाचारहरु आइनै रहेका हुन् । तर फिल्ममा प्रियंका चोपडाको इन्ट्रीले उक्त खबरलाई गलत सावित पारिदिएको थियो । अहिले फेरी कट्रिना नै यस फिल्मकी अभिनेत्रीको रुपमा चुनिएकी छन् ।

 

हाल कट्रिना अभिनेता शाहरुख खानसँगको फिल्म ‘जेरो’ मा व्यस्त छिन भने उनको दोस्रो फिल्म आमिर खानको ‘ठग्स अफ हिन्दुस्तान’को छायाँकन पनि सक्काउनु पर्ने छ । आउँदै गरेको चलचित्र ‘भारत’ कोरियन नाटक ‘ओडे टु माई फादर’ को रिमेक हो। चलचित्रको सुटिङ माल्टा, आबुई दुबई र दिल्लीमा गरिने छ।