सोमबार पनि नेप्सेमा सामान्य गिरावट, यी कम्पनीका लगानीकर्ताले कमाए

 

काठमाडौं, साउन २१ । सोमबार पनि नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक शुन्य दशमलव २१ अंकले घटेर १ हजार १ सय ८९ दशमलव ६७ अंकमा पुगेको छ ।

सोमाबर ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने शुन्य दशमलव ०६ अंकले घटेर २ सय ५० दशमलव ९१ अंकमा पुगेर बन्द भएको छ ।

आज १ सय ४८ कम्पनीहरुका ७ लाख ९६ हजार ७३४ कित्ताको शेयर खरिदबिक्री भई १९ करोड १७ लाख ४८ हजार १२० रुपैयाँको कारोबार भएको छ, आइतबार १ सय ६० कम्पनीहरुका ५ लाख ९७ हजार ५९७ कित्ताको शेयर खरिदबिक्री भई १६ करोड ७० लाख ४९ हजार ६८४ रुपैयाँको कारोबार भएको थियो ।

यस दिन ११  वटा समुहहरुमा ५ वटा समुहहरु बढेका छन्  भने ६  वटा समूहहरु घटेका छन् ।

 

यस दिन सबैभन्दा बढी कारोबार प्रोगेशिभ फाइनान्सको प्रमोटरको शेयर भएको छ । जसको आज २ करोड ४३ लाख ४१ हजार रुपैयाँको कारोबार भएको छ ।

यस दिन  सर्वाधिक कमाउनेमा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताहरु रहेका छन्  । जसको शेयर मूल्य ९ दशमलव ९६ प्रतिशतले बढेको छ ।

त्यस्तै प्रोगेशिभ फाइनान्सको प्रमोटर शेयरका लगानीकर्ताले ८.३३प्रतिशत ले कमाएका छन् भने रिडी हाइड्रोपावर, छिमेक लघुवित्त,साल्ट ट्रेडिङ , स्वरोजगार लघुवित्तका लगानीकर्ताले ३ प्रतिशत भन्दा बढीले कमाएका छन् ।

 

त्यस्तै सर्वाधिक गुमाउनेमा मल्टीपर्पस फाइनान्सका लगानीकर्ताहरु रहेका छन्  । जसको शेयर मूल्यमा ८ दशमलव ६३ प्रतिशतले घटेको छ ।