प्रहरीको अनुसन्धानको कठघरामा उभिएर प्रकाण्डले यति धेरै रकम कहाँबाट संकलन भयो भन्ने जवाफ दिएलान् त

 

काठमाडौँ साउन २४। नेपाल कम्युनिष्ट पार्टीका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ को खातामा चन्दा उठाएको दुई करोड रुपयाँ रहेको प्रहरीको उच्च स्रोतले जनाएको छ । प्रहरीको अनुसन्धानको कठघरामा उभिएर प्रकाण्डले यति धेरै रकम कहाँबाट संकलन भयो भन्ने जवाफ दिएलान् त ? भन्ने चासो आम मानिसमा प्रश्न उब्जन थालेकाे छ । प्रहरीले प्रक्राउ गरेपछि उनले जेल बाटै  भने ‘राजनितीक पूर्वाग्रहीका आधारमा समातियो ।

२०६८ सालमा झलनाथ खनाल प्रधानमन्त्री रहँदा पर्यटन तथा नागरिक उड्ययन मन्त्रीसमेत रहेका विकलाई काठमाडौंबाट बुधबार समातिएका हुन् । प्रहरीका अनुसार प्रकाण्डसहित चन्द्र आचार्य र मानबहादुर श्रेष्ठ पनि पक्राउ गरेर काठमाडौ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान थालिएको छ ।

 

उनलाइ बैंकमा देखिएकाे आर्थिक स्रोतकै विषयलाई मुद्धा बनाएर प्रहरीले जिल्ला अदालत काठमाडौबाट अनुमतिमा थुनामा राखेर अनुसन्धान गर्नका लागि पाँच दिनको म्याद लिएको छ । जर्बजस्ती चन्दा उठाएर अबैध रकम संकलनको विषयमा अनुसन्धान भईरहेको एक प्रहरीले बताए ।प्रहरीले विप्लपका नेता तथा कार्यकर्ताको गतिबिधी स्थानीय निर्वाचन देखि निगरानी बढाएको थियो ।

प्रकाण्डले बैंकमा भएको सम्पतिको स्रोत खुलाउन नसके प्रहरीले अबैध रुपमा सम्पति राखेको अभियोगमा सम्पति शुद्धिकरण अन्र्तगत मुद्धा चलाउन सक्नेछ ।  नेकपाको नेता र कार्यकर्तालाई निगरानी बढाईरहेको प्रहरीले जर्बजस्ती चन्दा असुली गरेको आरोपमा प्रकाण्डलाई पक्राउ गरिएको हो ।

 

प्रकाण्डको गिरफ्तारी सँगै देशव्यापी भण्डाफोर कार्यक्रम

नेकपाका महासचिव विप्लवले एक प्रेस विज्ञप्ति जारी गर्दै केपी–प्रचण्डको सरकारको गिरफ्तारीको भत्र्सना गरेको छ । दमनले प्रतिरोध निम्त्याउँछ भन्दै विज्ञप्तिमा प्रकाशित गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । देशभर भण्डाफोर कार्यक्रम सञ्चालन गर्ने, बिरोधसभा गर्ने, मसाल जुलुस सहित नेपाल बन्दको कार्यक्रम घोषणा गरेको छ ।