रेश्मा घिमिरे बनिन् म्युजिकल्ली क्विन

 काठमाडौं साउन २५।  सामाजिक सञ्जालमा यतिबेला म्युजिकल्लीको ठूलो चर्चा छ । आफ्नो रोजाइका गीत तथा संवादमा अभिनय तथा नृत्य गरेर म्युजिकल्ली एप्समा अपलोड गरेपछि त्यसलाई फेसबुकदेखि इन्स्टाग्रामसम्म शेयर गर्न मिल्छ । अहिले यो एप्समा सक्रिय हुनेहरूमा अभिनेता, अभिनेत्रीदेखि डाक्टर–नर्सहरूसम्म छन् ।

 

तिनै प्रयोगकर्ता मध्येकी एक हुन् रेश्मा घिमिरे, जसले हालै म्युजिकल्ली क्विनको उपाधि पाएकी छिन् । रेश्माले तयार पारेका म्युजिकल्ली भिडियोहरू दर्शकहरूले अत्यन्त रुचाएका छन् । पेसाले उनी नर्स हुन्, यद्यपि उनका नयाँ–नयाँ भिडियो बाक्लै रूपमा सार्वजनिक हुन्छन् ।

 

म्युजिकल्ली एप्सले उनलाई हालै मात्र ‘क्राउन’ समेत प्रदान गरेको छ । फेसुबकले कुनै पनि एकाउन्टलाई भेरिफाइड गरे जस्तै म्युजिकल्लीले क्राउन्ड गर्छ । म्युजिकल्लीमा लोकप्रिय भएकै कारण रेश्माले पहिलो पटक एउटा म्युजिक भिडियोमा अभिनय गर्ने अवसर समेत पाएकी छिन् ।