ललितपुरमा विद्यालय खुल्ला बन्दको प्रभाव विद्यार्थीमा

 

  विष्णु आले ‘विकिरण’

 

ललितपुर साउन २९। ललितपुरमा बन्दको प्रभाव विद्यार्थीमा ठुला स्कुल र कलेज रहेको ललितपुर जिल्लाका अधिकांश विद्यालय खुलेपनि विद्यार्थीले पढेनन्।हरिसिद्धि स्थित विश्व निकेतनका विद्यार्थी नेपाल बन्दका कारण बिहानी कक्षा हाफ दिएर फर्के।स्कुल खुला थियो।

 

प्रिन्सीपल चक्रमणि राई अभिभावकसँग फोनमा कुराकानी गरिरहेथे,आज हजुरको बच्चाको गोठालो हजुर नै।हामीले सर म्यामहरुलाई एकदिन आराम गर्न छुट्टी सोचेका थियौँ।

 

नभन्दै नेपालबन्दले छुट्टी जुराइदियो।विप्लव माओवादीका नेता खड्ग बहादुर विश्वकर्मा’प्रकान्ड’­­लाई चन्दा आतंकका नाममा सरकारले पक्रेपछि त्यसको विरोध स्वरुप मंगलबार सो पार्टीले नेपाल बन्द गरेको थियो।

 

बन्दका क्रममा बटुक भैरव लगायत ठाउँमा संकास्पद वस्तु राखेर वातावरण त्रसित तुल्याएको थियो।सानागाउँका अधिकांश स्कुलमा कक्षा नौ र दशका विद्यार्थीका लागि दिवा कक्षा संचालन गरिएपनि विद्यार्थीहरुमा पढ्ने मोड नभएको कोपिला स्कुलकी विज्ञान शिक्षिका सोनु महर्जनले बताइन्।

विद्यार्थी नेपाल बन्दको त्रासले पढ्नमा भन्दा खेल्न वा घर जानमा नै हतारिएका छन्। विद्यार्थीहरु कक्षामा राखेर पढाउन पनि साह्रै गाह्रो भन्दै अर्की शिक्षिका बिनिता डंगोलले कुरा थपिन्।