आफूलाई लागेका आरोपमा पूजाको स्पष्टिकरण (भिडियो सहित)

 

लकाठमाडौं, भदौ २ । अभिनेत्री पूजा शर्मा पछिल्लो केही दिनदेखि चर्चा र विवादमा आएकी छिन् । सिनेमा ‘रोज’ पूजाको ‘रामकहानी’सँग जुध्ने भएपछि उनले सामाजिक सञ्जालमा एउटा स्ट्याटस लेखिन् ।

 

उनले स्ट्याटसमा चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेललाई महिला भएर महिलाले बनाएको सिनेमासँग जुधाउने भन्दै आक्रोश पोखिन् । तर उनलाई यो स्ट्याटसले धेरै नै तनाव दियो ।

 

पूजाले आफूले मात्रै सिनेमा चलाउन पाउनुपर्छ भन्ने स्वार्थी भावना राखेको भन्दै धेरैले उनको आलोचना गरे । उनको यही स्ट्याटसमा कारण धेरैले उनका पुराना विवादहरु कोट्याउने मौका पाए । तर पूजाले भने आफ्ना बारेमा प्रकाशित भएका कुनै पनिखबरहरुको खण्डन गरिनन् ।

 

सिनेमा प्रचारप्रसारको लागि उपत्यकाबाहिर भएका कारण पनि उनलाई यस विषयमा बोल्ने मौका मिलेको थिएन । तर अन्ततः उनले सबै विवादका बारेमा बोलेकी छिन् ।

 

विकास बोर्डकी अध्यक्ष निकिता पौडेललाई आफ्नो सिनेमासँग ‘रोज’जुधाएको आरोप लगाएको बारेमा उनले भनिन्, ‘निकिता दिदी जुन पदमा हुनुहुन्छ हाम्रो समस्या समाधान गर्नको लागि नै हुनुहन्छ । हामीले यस उद्योगमा काम गर्दा परेका सबै समस्याहरु उहाँलाई नै हो भन्ने ।

 

अनि मैले जुन माध्यमबाट भने पनि दिदीले बुझ्नु हुन्छ जस्तो मलाई लाग्छ ।’ त्यस्तै पूजाले प्रदीपको सिनेमासँग आफ्नो सिनेमा जुध्ने भनेर आफू नडराएको तर दुवैलाई भलो हुने काम गरौँ भनेर भन्न खोजेको पनि स्पष्ट पारेकी छिन् ।

 

उता सिनेमा ‘कायरा’ हेरेर नराम्रो भन्दै हाँसेको आरोप पनि पूजालाई लागेको थियो । यतिमात्रै हैन उनले ‘कायरा’मा साम्राज्ञीको काम हेरिसकेपछि साम्राज्ञीको बारेमा पनि विभिन्न कुराहरु गरेको खबर सार्वजनिक भएको थियो ।

 

पूजाले साम्राज्ञीभन्दा आफू हिट भएको भन्दै आफूलाई नम्बर वान नायिका भनिनु पर्ने कुरा गरेको समेत केही समाचारमा सार्वजनिक भएको थियो । तर पूजाले यो कुरा हुँदै नभएको बताएकी छिन् । उनले व्यक्तिगत जीवनमा साम्राज्ञी र आर्यनसँग आफू निकै नै नजिक भएको र उनीहरुको बारेमा यस्तो सोच्न र भन्न नसक्ने बताएकी छिन् ।

 

  • उज्यालो र गफगाफ डट कमबाट