नेकपा कैलालीको कमिटी समायोजनमा खैलाबैला

 कैलाली, भाद्र २ । नेपाल कम्युनिष्ट पार्टीको एकीकरणले देशभरि कार्यकर्ताहरुमा उत्साह र खुसीयाली छाईरहेका बेला कैलालीका कार्यकर्ताहरुमा भने चरम निरासा देखिएको छ । जिल्ला कमिटी समायोजनको क्रममा तत्कालीन एमालेको भागमा परेको अध्यक्ष पदका लागी चर्चामा रहेका ब्यक्तीहरुमध्ये अध्यक्ष को बन्ने भन्ने कुराले जिल्ला भरिनै चियो चर्चा बन्न थालेको छ । निर्णय हुनु भन्दा अगाडी केही सञ्चार माध्यममा प्रसारित समाचार अनुसार तत्कालीन एमालेका नेता दिनेश चन्द्र सुबेदीको नाम अध्यक्षकालागी चर्चामा आएको बताईएको थियो । सो समाचार प्रसारणपछी एकीकरणले उत्साहित बनेका कार्यकर्ताहरु निराशा बनेका छन् ।

 

 

स्थानिय चुनावमा एमाले कैललाीको निर्बाचन कमाण्डर तथा प्रदेश र संघको चुनाबमा पनि संयुक्त बामगठबन्धनको निर्बाचन कमाण्डर भई पार्टिलाई जित दिलाउन महत्वपुर्ण भुमिका खेलेका चन्द लामो समय देखी भुगोलको राजनितीमा सक्रिय भई काम गरि सकेका नेता हुन । तत्कालीन एमाले र माओबादी दुबै पक्षका कार्यकर्ता माझमा लोकप्रिय चन्दलाई षडयन्त्र गरी किनारा लगाउन खोजे त्यस्ले पार्टीलाई ठुलो क्षती हुने आम कार्यकर्ताको भनाई छ । उता सचिव पदका लागी भने तत्कलीन माओबादीका तर्फबाट रमेश धामीको नाम बढी चर्चामा रहेको नेकपाका कार्यकर्ताले बताएका छन ।

 

 

पार्टि गतिबिधिमा निष्कृय, जिल्ला कमिटीमै नरहेका र बिगतमा सुकुम्बासी आयोगको अध्यक्ष हुदा बिबादित ब्यक्तीको नाम चर्चामा हुनु पार्टीका लागी दुःखद भएको कार्यकर्ताहरुको बुझाई छ । बिगत देखीनै तत्कालीन एमाले सचिव रण बहादुर चन्दको अध्यक्षमा चर्चा भएपनी केही नेताहरुको ब्यक्तीबादी र स्वेच्छाचारिताका कारण आम कार्यकर्ताको भाबना माथी कुठाराघात गर्ने षडयन्त्र भईरहेको छ तर जनता कार्यकर्तामाझ अत्यन्तै लोकप्रिय नेता रण बहादुर चन्द आफना सबै पदाधिकारी सहकर्मीहरु सांसद मन्त्री भई सक्दा पनि कुनै लाभकाे पदमा पुगेका छैनन् ।