प्रियंकाले घोषणा गरिन् निकसँगको इन्गेजमेन्ट

 

काठमाडौं, भदौ ३ । ३६ वर्षकी प्रियंका चोपडाले २५ वर्षका अमेरिकी गायक निक जोनससँग भारतीय परम्परा अनुसार ‘रोके’ गरेपछि आफ्नो इन्गेजमेन्टको घोषण गरेकी छिन् । निकले प्रियंकासँगको एक रोमान्टिक फोटो पोष्ट गर्दै इन्स्टाग्राममा लेखे, ‘भावी मिसेज जोनस… मेरो मुटु.. मेरो प्रेम’ । यस्तै प्रियंकाले पनि त्यही फोटो सेयर गर्दै लेखिन्, ‘स्विकार… मेरो मन र आत्मासहित ।

’ दुबैले उक्त फोटो सेयर गर्ने बित्तिकै बधाईको ओइरो लागेको छ । शनिबार आयोजित रोके कार्यक्रमको फोटो पनि यी दुबैले इन्टाग्राममा सेयर गरेका छन् । प्रियंकाले फोटो सेयर गर्दै लेखेकी छिन्, ‘यसका लागि यही एउटा माध्यम हो.. मेरो परिवार र भगवानसहित । आशिर्वाद र प्रार्थनाका लागि सबैलाई विशेष धन्यवाद ।’एजेन्सी