खाताको विषयलाई लिएर विद्यालयका प्रअ र अध्यक्ष बीच कुटाकुट

 

बझाङ, भदौ ५ । सन्तोसी माविका प्रधानाध्याक र सोही विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्षबीच हात हालाहाल भएको छ । सोमबार विद्यालयको बैंङ्किङ खाताको विषयलाई लिएर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेश रोकाया र प्रअ मनबहादुर कडायतबीच हात हालाहाल भएको हो ।

 

२०७४ साल साउन १६ गते बसेको अभिभावकको भेलाले विद्यालयको बैंक खाता विद्यालय समितिका अध्यक्ष रोकाया र प्रअ कडायतको नाममा गरिने निर्णय गरेको थियो । असार महिना सम्म अध्यक्षको नाममा र प्रअका नाममा खाता भए संचालनमा भएपनि साउन महिनापछि भने विद्यालयका शिक्षक डबल कडायत र प्रअको नामा विद्यालयको खता संचालन भएको अध्यक्ष रोकायाले बताए । यही विषयलाई लिएर विवाद हुँदा प्रअले आफूलाई कुटपिट गरेको अध्यक्ष रोकायाको भनाइ छ ।

 

प्रअले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माथि पहिलेको रिसीबी समेत रहेको भन्दै ज्यान मार्ने धम्की समेत दिएको अध्यक्ष सुरेश रोकायाले आरोप लगाएका छन् ।

 

अध्यक्षले गाँउमा आफुलाईविद्यालयको रकम हिनामिना गरेको भन्ने आरोप लगाए पछी सामान्य विबाद भएको बताए । यता राष्टिय बाणिज्य बैङ्कले भने विद्यालयका प्रअ र विद्यालयका शिक्षक डबल कडायतको नाममा नै खाता संचालन भएको बताएको छ । असार महिना पहीला अध्यक्ष रोकाया र प्रअको नाममा भए पनि असारपछि खाता विद्यालयका प्रअ र शिक्षक कडायतको नाममा संचाल रहेको बैङ्कले जनाएको छ ।

 

यता विद्यालयका प्रअले भने सो खाता संचालन आफ्नो र प्रअको नाममा नै भएको केवाइसी फारम भर्दा ‘मेस्टिक’ भएर विद्यालयका शिक्षक डबल कडायत र आफ्नो नाममा खाता संचालन भएको हुन सक्ने बताएका छन् । सो बारे आफूलाई सबै कुरा जानकारी नभएको र मंगलबार आफू बैङ्कमा पुगे पछी मात्रै थाहा हुने प्रअ कडायतको भनाइ छ ।