शिक्षण संस्था उपत्यकाका भित्र दुई दिन बन्द

 

काठमाडौं, भाद्र १२ । बिमस्टेक चौथो शिखर सम्मेलनका कारण काठमाडौं उपत्यकाका शिक्षण संस्थाहरु दुई दिन बन्द गरिने भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यही भदौ १४ र १५ गते शैक्षिक संस्थाहरु बिदा मिलाउन पत्राचार गरेको छ। उसले काठमाडौं, भक्तपुर र ललितपुरका स्थानीय तह (नगरपालिका र महानगरपालिका) मार्फत् बिदा मिलाउन भनेको छ।

 

‘काठमाडौंमा हुन गइरहेको बिमस्टेक चौथो शिखर सम्मेलनमा सहभागी हुन आउने विदेशी अतिथी तथा प्रतिनिधिहरुको आवागमनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउने उद्देश्यले भदौ १४ र १५ गते दुई दिन शिक्षण संस्था बिदा गर्न, शिक्षण संस्थाका सवारी साधनसमेत उक्त दिन नचलाउने व्यवस्थाका लागि,’ शिक्षा मन्त्रालयको पत्रसमेत उल्लेख गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा छ,।

 

‘स्थानीय सरकार (नगरपालिका र महानगरपालिका) मार्फत् बिदा गर्न र उक्त दुईदिन शिक्षण संस्थाका सवारी नचलाउने मन्त्री स्तरीय निर्णय भई आएकोले सो अनुसार गर्नु गराउनु हुन आदेशअनुसार अनुरोध छ।’