शिक्षकलाई तलव को व्यवस्था वडा कार्यालय बाटै

कञ्चनपुर, भदौ १७ ।पढाइको गुणस्तरमा ह्रास आउन थालेपछि कञ्चनपुरमा अतिरिक्त कक्षामा पढाउने दुई जना शिक्षकको तलवका लागि वडा कार्यालयका तर्फ बाट रु दुई लाख रकम उपलव्ध गराईएको वडा अध्यक्ष लालबहादुर ऐरले बताए । बिहानीको समयमा आधारभूत तहका कक्षा १ देखि ५ सम्मका बालबालीकाका लागि दुई वटा कक्षा सञ्चालन गरिएका छन् । कक्षामा विषय बस्तुको पठनपाठनसंगै व्यक्तिगत सरसफाई देखि घर र विद्यालयमा मान्यजन प्रति गरिने व्यवहार बारे सिकाईने गरेको छ । पढाइमा पछाडी परेका घरमा ध्यान नदिने बालबालिकालाई बढी निगरानीमा राखेर पढाइने व्यवस्था गरिएको विद्यालयका शिक्षिका द्रोपति ऐरले बताइन् ।

 

पढाइको गुणस्तरमा ह्रास आउन थालेपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालीका १० को वडा कार्यालयले श्रीकृष्ण माध्यमिक विद्यालयमा आधारभूतहमा अतिरिक्त कक्षा सञ्चालनका लागि दुई जना शिक्षकको व्यवस्था गरेको छ । वडा कार्यालय बाटै शिक्षकको तलव व्यहोर्ने गरी कक्षा सञ्चालन गरिएका हुन ।

 

अतिरिक्त कक्षामा बालबालीका सहभागि हुन थालेपछि पढनपाठनमा अब्बल बन्न थालेका छन उनले भनिन् ‘बाह्रखरी नआउने बालबालिका किताव पढन थालेका छन् । अंक नचिन्ने बालबालीका हिशाव गर्ने सक्ने भएका छन् ।’  अतिरिक्त कक्षा पछि बालबालीका दिउसोको विद्यालयको कक्षामा समेत सहभागी हुने गरेका छन् । अतिरिक्त कक्षा सञ्चालनले विचमै विद्यालय छाडेकाहरु पनि नियमित विद्यालय पुग्ने गरेका छन् ।

 

गत शैक्षिक सत्रमा आधारभूतहको कक्षा १ देखि ५ सम्मको कक्षामा ६५ जना मात्रै बालबालिका रहेका थिए । चालु शैक्षिक सत्रमा अतिरिक्त कक्षा सञ्चालनले बालबालीकाको संख्या बढेर ९५ पुगेको छ । अतिरिक्त कक्षाको प्रभावकारीता बढे नियमित रुपमा अझै बढी रकमको व्यवस्था गर्ने योजना वडा कार्यालयको रहेको छ ।

 

 

एक दिन कक्षामा सहभागी नहुने बालबालीकोृ खोजीका लागि शिक्षक घरमै पुगेर अभिभावकलाई भेटेर बालबालीकालाई नियमित विद्यालय पठाउनका लागि सल्लाह दिने गरेका छन् । गत शैक्षिक सत्रमा आधारभूत तहमा पढाईको स्तर खस्के पछि विद्यार्थि न्यून मात्रै भएपछि अतिरिक्त कक्षा सञ्चालन गरिएको हो ।