विहे भएकी महिलाले आफ्ना सहपाठी एव् आफन्त सँग कहिल्यै नबाड्नु पर्ने चिज

एजेन्सी । बिहेपछि हरेक युवती आफ्नो घर छोडेर पतिको घर जान बाध्य हुन्छन् । जहाँ उनीहरुलाई एक अर्को नयाँ परिवार र नाता मिल्दछ । र उनको नयाँ जीवनको सुरुवात हुन्छ । बिहे केटा र केटीको मात्र होइन यसमा दुई परिवारको पनि मिलन हुन्छ । जसको सारा जिम्मेवारी केटीको काँधमा आइपर्छ । साथै उनलाई नयाँ परिवारको साथमा आफ्नो कतिपय चिज शेयर गर्नुपर्ने हुन्छ । कतिपय अवस्थामा नयाँ बेहुली आफ्नो केहि सामान अरु महिलासँग साटासाट गर्ने तथा बाड्ने गर्दछन् । तर त्यस्तो सामान जुन महिलाले एक अर्कासँग साटासाट गर्छन् ती चिजहरुले समस्या पनि निँिँम्तन सक्छ ।

सिंदुर

बिहे भएकी महिलाको लागि सिंदुर एक अनमोल चिज हो । साथै सिंदुर राख्ने डब्बा पनि उत्तिकै अनमोल हुन्छ । यो डिब्बा कुनै पनि महिलाले कसैसँग पनि बाँड्न हुँदैन । महिलाले सधैँ ध्यान राख्नुपर्छ कि सिंदुर लगाउँदा जहिलेपनि एक्लै कोठाभित्र बसेर लगाउनुपर्छ । किनकी मानिदै आएको चलन यस्तो छ कि कुनै पनि महिलाको सिंदुर माथि अर्को महिलाको आँखा लाग्न सक्छ ।

चुरा र टिका

हरेक बिहे भएका महिलाले निधारमा टिका लगाउँछन् भने हातमा चुरा । कसैले यो निधारको टिका बिनाकारण उप्काइदियो वा पुछिदियो भने धेरै नराम्रो हुने मानिन्छ । साथै चुरा र पाउजूको कसैलाई शेयर गर्नु नि नराम्रो मानिन्छ ।

मेहेन्दी

मेहेन्दी महिलाहरुको एक मनपर्ने चिज हो । तर मेहेन्दी बिहे भएकी महिलाको लागि एकदमै महत्वपूर्ण चिज हो । यहि मेहेन्दी जब कसैले लगाएको हुन्छ त्यो मेहेन्दी अर्को महिलाले प्रयोग गर्दा नराम्रो मानिन्छ ।

गाजल

गाजल हरेक महिलाले आफ्नो आँखामा सुन्दर देखिनको लागि प्रयोग गर्ने गर्दछन् । तर गाजल कहिल्यै पनि एक अर्कासँग शेयर गर्न हुँदैन ।