अाज भएको खेलमा माल्दिभ्ससङ्ग नेपाल पराजित

ढाका, भाद्र २७ । अन्ततः माल्दिभ्ससङ्ग पराजित भएर नेपालले साफ च्याम्पियनसिपमा फाइनल खेल्ने इतिहास
चुकाएको छ ।

 

बुधबार बङ्गलादेशको बङ्गबन्धु रंगशालामा भएको सेमिफाइनल खेलमा नेपाल माल्दिभ्ससङ्ग ३-० गोलले पराजित भयो ।

 

चट्याङ परेपछि केही समय रोकिएको खेलमा मालदिभ्सले ९ औं मिनेटमा अकरम अब्दुलको गोलमार्फत् अग्रता लिएको थियो । शुरुबाटै दबाबमा परेको नेपालले आज स्वभाविक खेल प्रदर्शन गर्न सकेन ।

 

ईब्राहिम हसनले दोस्रो हाफको ३ मिनेटभित्र २ गोल गरेपछि मालदिभ्सले सहज जित दर्ता गरेको हो । ८४ औं मिनेटमा गोल गरेका उनले ८६ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । फाइनलमा मालदिभ्सले आजै हुने भारत र पाकिस्तानबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।