तपाईलाई लस्सी मन पर्छ भने यसरी घरमै सजिलै बनाउनुहोस लस्सी तरिका सहित

काठमाडौं । अधिकांशलाई मन पर्ने पेय पदार्थ हो लस्सी । अन्य चिसो पेय पदार्थ भन्दा लस्सी स्वास्थ्यका लागि पनि फाइदाजनक छ । लस्सी ताजा र स्वस्थ पदार्थबाट बनाउने भएकाले अधिकांशको रोजाइ लस्सीमा पर्छ । लस्सी बालबालिकादेखि वृद्धवृद्धासम्मले खान सकिन्छ । घरमै सजिलैसँग बनाएर खान सकिन्छ । यसका लागि घरमा मिक्स्चर भने अनिवार्य हुनैपर्छ । आइसका लागि फ्रिज पनि आवश्यक पर्छ । तर, आइस त नजिकको पसलतिरबाट पनि जुटाउन सकिन्छ ।

 

लस्सी बनाउन शुद्ध दही २ कप, चिनी ३ चम्चा, सुकमेल पाउडर १ चिम्टी, आवश्यक अनुसार आइस २ क्युब, किसमिस २–३ वटा, नरिवल चप गरेको ३–४ टुक्रा, छोकडा चप गरेको ३–४ टुक्रा, काजु २–३ पिस आवश्यक पर्छ ।

 

उक्त सामान जुटाइसकेपछि लस्सी बनाउन सकिन्छ । लस्सी बनाउन मिक्स्चर तयार गर्ने । मिक्स्चरको जगमा दही, चिनी, आइस, सुकमेल पाउडर सबै राख्ने । अब मिक्स्चर चलाइदिने । दुई मिनेटजति मिक्स गरेपछि लस्सी तयार हुन्छ । यसलाई गिलासमा खन्याउने र माथिबाट किसमिस, नरिवल, छोकडा र काजु राख्ने ।

 

यसका अलवा आफूलाई दहीमा आफूलाई मन पर्ने बस्तु राखेर पनि लस्सी बनाउन सकिन्छ । केरा राखेर पनि लस्सी बनाउन सकिन्छ । जुन चिजको लस्सी बनाउने हो त्यसलाई दहीमा मिसाएर मिक्स्चरमा राखेर चलाउने । घोलिसकेपछि गिलासमा खन्याएर खाने ।