लेनिनको देश रुसमा पुगेर फर्केपछिका अनुभूतिहरु


              हस्तबहादुर केसी

 

रुस विश्वकै पहिलो समाजवादी देश हो । यस देशका मजदूरहरुले भ्लादिभिर इल्यिच लेनिनको नेतृत्वमा सन् १९१७ अक्टुबर २५ (रुसी नयाँ पात्रो अनुसार सन् १९१७ नोभेम्बर ७) का दिन सशस्त्र जनविद्रोहद्वारा सत्ता कब्जा गरेर विश्वमै पहिलो पटक सर्वहारावर्गको अधिनायकत्व स्थापना गरेका थिए । हुन त महान् रुसी अक्टुबर समाजवादी क्रान्ति सम्पन्न गर्नु भन्दा पहिले सन १८७१ मार्च २८ तारिखका दिन पेरिसका कम्युनार्डोहरुले जनविद्रोह मार्फत पुँजीपति वर्गको हातबाट सत्ता छिनेर सर्वहारावर्गको राज्यस्थापना गरेको घोषणा गरेर पेरिस कम्युनको घोषणा गरेका थिए । कम्युनको निर्वाचन पनि गरेका थिए ।

तर पेरिस कम्युनका निर्माताहरुले सत्ता प्राप्तिका लागि आवश्यक पर्ने कमरेड माओ कै शब्दमा क्रान्तिका तीन जादुमयी हतियारहरु, कम्युनिष्ट पार्टी, सेना र संयुक्त मोर्चा अनिवार्य भएकोमा त्यहाँ, पार्टी पनि निर्माण गरिएको थिएन, पार्टी विना जनसेना र संयुक्त बन्न सक्ने ककुरा भएन, जसका कारण पेरिस कम्युनमाथि प्रतिक्रियावादीहरुद्वारा प्रतिक्रान्तिकारी हमला भयो र ७२ दिन पेरिस कम्युन ढल्न पुग्यो । पेरिस कम्युनको छिट्टै पतन हुनुको पछाडिको मुख्य कारण सर्वहारावर्गले अधिनायकत्व स्थापना गर्न नसक्नु रहेको छ ।

पेरिस कम्युनका शिक्षा अमर छन् । पेरिस कम्युनको असफलताबाट शिक्षा प्राप्त गरेका लेनिन र रुसी सर्वहारावर्ग (औद्योगिक मजदुरवर्ग) ले सशस्त्र जनविद्रोह मार्फत सत्ता कब्जा गरेर माक्र्सवाद तीन संघटक अंग दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको माक्र्सवादी मापदण्ड र सिमा तथा पद्धतिमा आधारित रहेर वैज्ञानिक समाजवादलाई स्थापित गरेर यसको विकासलाई तीब्र गतिमा अगाडि बढाइएको थियो ।

महान् रुसी अक्टुबर समाजवादी क्रान्तिको प्रभाव विश्वभरी फैलियो । यसकै प्रेरणाले एशीया, युरोप, ल्याटिन अमेरिका, अफ्रिका लगायत विश्वका सम्पूर्ण महादेशहरुका सैयौं देशहरुमा एक पछि अर्को गर्दै कम्युनिष्ट पार्टीहरु निर्माण हुन पुगे । उत्तर कोरिया र भियतनाममा सन् १९४५ मै जनवादी तथा समाजवादी क्रान्तिहरु सम्पन्न गरियो भने सन् १९४९ मा महान चिनीया नयाँ जनवादी क्रान्ति सम्पन्न भयो । कम्बोडिया, क्युबामा पनि क्रान्ति सम्पन्न गरियो भने पूर्वी युरोपका करीब बीसौं देशहरुमा सोभियत मोडेलको समाजवाद लागु गरियो । दक्षिण एशियाली मुलुक भारतमा तेलङ्गाना विद्रोह र नक्सलवादी कृषि क्रान्ति भडकियो भने नेपालमा पनि वि.सं. २०२८ मा जापा विद्रोह र २०५२ सालमा महान् जनयुद्धको थालनी गरियो । पेसभियाली कम्युनिष्ट पार्टी (साइन्ङिपाथ) को सशस्त्र जनयुद्धको गौरवशाली वीरासत आजसम्म पनि ताजै छ । चिली र इन्डोनेशियामा पनि संसदीय निर्वाचन मार्फत कम्युनिष्टहरु सत्तामा पुगेका थिए तर छोटै अवधिमा प्रतिक्रियावादीहरुबाट प्रतिक्रान्ति भयो र ती देशहरुको कम्युनिष्ट आन्दोलनलाई धाराशाही पारिएको थियो ।

अर्कोतिर बर्मा, फिलिपिन्स, पाकिस्तान, टर्की आदि देशहरुमा पनि सशस्त्र जनयुद्धको तयारी गरिएको थियो । अहिले नेपाल र पेरुमा सशस्त्र जनयुद्धले सेडब्याक खाएका छन् भने भारतमा आज पनि सशस्त्र जनयुद्ध घनिभूत भएर अगाडि बढिरहेको छ । महान् रुसी अक्टुबर क्रान्तिको सफलताको छोटै अवधिमा महान् लेनिनको नेतृत्वमा समाजवादको विकासलाई अगाडि बढाइयो । तर लेनिन एसर पार्टीको कार्यकर्ता कामलानको गोली प्रहारबाट घाइते हुनु भयो र सन् १९२४ जनवरी २३ को दिन लेनिनको मृत्यु भयो । त्यसपछि सोभियत रुसको नेतृत्व स्टालिन गर्नु भयो ।

सन् १९५३ मार्च ५ का दिन स्टालिनको पनि मृत्यु भयो । त्यस पछि निकिता खुश्चोव रुसी महासंघको सर्वोच्च नेतृत्व गर्न पुगे र सन् १९५६ को फेब्रुअरीमा अखिल संघीय कम्युनिष्ट पार्टी (वोल्सेविक) बीसौं महाधिवेशन सम्पन्न गर्दा तत्कालिन राज्य प्रमुख निकिता ख्रुश्चोवद्वारा २४–२५ तारिखको मध्यरातमा स्टालिनको विरुद्धमा गोप्य रिपोर्ट पेश गर्दा प्रतिक्रान्तिको विजारोपन गरियो । (बोल्सेभिक) को बीसौं महाधिवेशन सम्पन्न हुदै गर्दा तत्कालिन राज्य प्रमुख निकिता खु्रश्चोभद्वारा २४–२५ तारिखको माध्यरातमा स्टालिनका विरुद्धमा गोप्य पेश गर्दै प्रति क्रान्तिको विजारोपन गरिएको थियो ।

 

आधुनिक संशोधनवादको सूत्रपात मुख्यतः ख्रुश्चोवबाट भयो । सम्पूर्ण जनताको पार्टी, सम्पूर्ण जनताको राज्य र शान्तिपूर्ण संक्रमणको सिद्धान्त अवलम्बन गर्दै तथा वर्ग संघर्ष, सर्वहारावर्गको अधिनायकत्व र सशस्त्र संघर्षका विरुद्ध भीषण हमला बोल्दै रुसमा पुँजीवादको स्थापना भयो । खु्रश्चोवदेखि मिखाइल गोर्भाचोवसम्म आउँदा आधुनिक संशोधनवाद सामाजिक फाँसीवादका रुपमा गिर्न पुग्यो र सन् १९९० मा पुगेर ७२ वर्षे सोभियत मोडेलको समाजवादको विघटन गरियो । खु्रश्चोवी आधुनिक संशोधनवादका विरुद्ध कमरेड माओले भीषण विचारधारात्मक संघर्षको आव्हान गर्नु भयो । विश्व कम्युनिष्ट आन्दोलनमा ठूलो असर प¥यो । विश्वसमाजवादी शिवीरमाथी ठूलो संकट पैदा भयो । र त्यसपछि विश्वकम्युनिष्ट आन्दोलन रक्षात्मक स्थितिमा पुग्यो । आजसम्म आइपुग्दासम्म यसमा कुनै तात्विक फेरबदल आएको छैन ।

 

गत वर्ष सन् २०१७ अक्टुबर २५ (नोभेम्बर ७) मा महान् रुसी अक्टुबर समाजवादी क्रान्तिले १०० वर्ष पुरा गरेको छ । त्यस अवसरमा वर्तमान रुसका क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुले अक्टुबर क्रान्तिको सतवार्षिकी उत्सव मनाउन रुसकै ऐतिहासिक शहर लेनिनग्राद (हालको सेयन्ट पिटर्सवर्ग), निर्णय गरेका थिए, जुन स्थानमा लेनिनको नेतृत्व र निर्देशनमा सन् १९१७ अक्टुबर २५ (नोभेम्बर ७) का दिन सशस्त्र जन विद्रोहको उदघोष गरिएको थियो । त्यस ऐतिहासिक अक्टुबर क्रान्ति सतवार्षिकी उत्सवमा विश्वभरका विभिन्न कम्युनिष्ट पार्टीहरुलाई । रुसका कम्युनिष्ट पार्टीहरुले निमन्त्रणा पत्र पठाएका थिए । नेपाल लगायत विश्वका ९५ देशका कम्युनिष्ट पार्टीका प्रतिनिधिहरु उक्त अक्टुबर क्रान्ति सतवार्षिकी उत्सवमा भाग लिन लेनिनग्राद पुगेका थिए । रुसी कम्युनिष्ट पार्टी (माक्र्सवादी–लेनिनवादी) को निमन्त्रणामा पनि रुसको राजधानी मस्को हुदै लेनिनग्राद पुगेर त्यस ऐतिहासिक उत्सवमा सहभागी भएको थिएँ ।

 

त्यस ऐतिहासिक अवसरमा रुसको राजधानी भएकोमा ५ दिन र लेनिनग्राद (हालको सेयन्ट पिटर्सवर्ग) मा छ दिनसम्म बस्ने मौका मिलेको थियो । त्यस गौरवपूर्ण अवसरमा राजधानी मस्कोमा महान लेनिनको पार्थिव शरीरको अवलोकन गर्ने र लेनिन स्टालिनका योगदानहरुका बारेमा लेनिनका योगदानका बारेमा स्थापना गरिएका लेनिन संग्राहलयहरु र अन्य ऐतिहासिक तथ्यहरुको अध्ययन अवलोकन र लेनिनग्रादमा पुगेर लेनिनग्रादमा रहेका लेनिन संग्राहलयहरु, युद्ध म्युजियमहरु, वयन्टर प्यालेस लगायतका ऐतिहासिक स्थानहरुको अध्ययन अवलोकन र ७ नोभेम्बरका दिन विश्वभरबाट आएका प्रतिनिधिहरु र क्रान्तिकारी रुसी कम्युनिष्टहरु र लेनिनग्रादका क्रान्तिकारी जनताहरुको सहभागितामा निकालिएको जुलुसको नेतृत्व गर्ने समेतको अविस्मरणीय तथा ऐतिहासिक क्षेण र सतवार्षिकी उत्सव समारोहमा भाग लिदै गर्दा अविस्मरणीय एवं ऐतिहासिक क्षेणहरु एउटा विरासतको रुपमा अनुभूत गर्ने मौका मिल्यो ।
महान लेनिन र स्टालिनको देशको १२ दिने ऐतिहासिक अध्ययन अवलोकन भ्रम सकेर आफ्नो मातृभूति नेपाल फर्के पश्चात मेरो जीवनमा उत्पन्न भएका अनुभूतिहरु ऐतिहासिक शिक्षा र प्रेरणाका रुपमा लिएका विषयहरुका बारेमा यहाँ चर्चा गर्ने जमर्को गरेको छु ।

गत २०७४ कार्तिक १४ (२०१७ अक्टुबर ३१) का दिन फ्लाई दुवैकौ जहाजद्वारा दुवैमा ट्रान्जिट हुदैं नोभेम्बर १ का दिन दिउसो २.४० बजे रुसको राजधानी स्थित म्यानुकोभा विमानस्थलमा आर्लियौं । हाम्रो १५ जनाको टोली थियो । विमानस्थलको गेटमा हामीलाई स्वागत गर्नका लागि रुसी कम्युनिष्ट पार्टी (माक्र्सवादी–लेनिनवादी) का नेता कमरेड दिमित्री कोनचेन्कोको नेतृत्वमा एउटा टोली आई पुगेको रहेछ । विमान स्थलबाट स्वागत गरेर हाम्रो टोलीलाई आधा घण्टा जति बसको यात्राबाट र आधा घण्टा जति मेट्रो रेल्वे यात्राबाट हामीलाई बस्ने व्यवस्था गरेको होटलमा पु¥याइयो । एकक्षेण पछि बेल्जियम, ब्राजिल, नेदरल्याण्ड र कोरियाको टोली पनि आइ पुग्यो । एशीयन टोली र युरोपियन टोलीलाई अलग अलग होटेलमा व्यवस्था थियो ।

२०१७ नोभेम्बर २ का दिन विहान कमरेड दीमित्री कोन्चेन्को नेतृत्वमा गाइडरहरु एलेक्सी, यन्तोन, एलिशा लगायतका रुसी कमरेडहरुका साथमा विहान ९ बजे रुसको राजधानी मस्को स्थित कार्ल माक्र्सको विशाल शालिक भएको एक मैदानमा पु¥याइयो र माक्र्सको शालिकको अवलोकन सहित फोटो सेशेसन चलाइयो । यो अत्यन्तै स्मरणीय क्षेण रहयो ।
त्यस पछि विश्वसर्वहारा वर्गका महान नेता लेनिनको पार्थिव शरीर राखिएको लेनिन मेमोरियल हलमा पुचलाइयो । यो अत्यन्तै स्मरणीय क्षेण रहयो ।

त्यस पछि विश्वसर्वहारा वर्गका महान नेता लेनिनको पार्थिव शरीर राखिएको लेनिन मेमोरियल हलमा पु¥याइयो र लेनिनमाथि सम्मानपूर्वक लालसलाम गरेर बाहिरियौं । यो क्षेण पनि अत्यन्तै महत्वपूर्ण र अविस्मरणीय रहयो । त्यसै शिलशिलामा जर्जीय पार्कमा पुगेर फोटो सेशन चलाइयो र त्यस दिनको अन्तिममा विशाल रेडस्क्वायर मैदानको अवलोकन गरियो ।

 

हामी मस्कोमा २०१७ नोभेम्बर १ तारिखदेखि ५ तारिखसम्म बस्यौ । त्यस अवधिमा महान् लेनिनका योगदानबारे बढि जानकारी लिने काम भयो । रजाधानी मस्कोबाट करीब २७ कि.मी. टाढा एउटा जंगलको शान्त स्थान लेनिन–गोर्की हिल्समा लेनिनको ऐतिहासिक म्युजियम रहेछ । जहा लेनिनले पढ्ने, लेख्ने, प्रशिक्षण दिने लगायतका सम्पूर्ण क्रियाकलाप र उहाँले पढेका र लेखेका सम्पूर्ण पुस्तकहरुको पुस्ताकालयको ऐतिहासिक संग्राहलय रहेछ, समग्र अध्ययन गरियो र लेनिन सन् १९१८ मा गोली लागेर विरामी भए पछि आराम गर्नका लागि त्यही लेनिन–गोर्की हिल्समा एउटा ऐतिहासिक भवन बनाइएको रहेछ, जुन भवनमा सन १९२४ जनवरी २३ तारिखका दिन लेनिनको मृत्यु भएको रहेछ । त्यसको समग्र अध्ययन अवलोकन गरियो । यी दुवै भवनले लेनिनको समग्र योगदानको फिरिस्तीलाई ऐतिहासिक रुपले समेटिएको रहेछ ।
मस्कोकै अर्को स्थानमा लेनिनको अर्को म्युजियम बनाएर राखिएको रहेछ । त्यसको पनि समग्र अध्ययन अवलोकन गरियो भने अर्को ऐतिहासिक घटना सन् १९०५ को असफल रुसी क्रान्तिको युद्ध म्युजियम रहेछ । त्यसको ऐतिहासिक डकुमेन्ट्री, प्रदर्शन गराईयो ।

 

महान् रुसी अक्टुबर क्रान्तिको पूर्ववेलामा पार्टी प्रकाशनको महत्व कत्तिको हुदोरहेछ भन्ने एउटा नमूना त्यहाँ हेर्न र अध्ययन गर्ने मौका मिल्यो । राजधानी मस्कोको मूल सडक मै एउटा घरमा बाहिर फलफूल बेच्ने पसल राखिएको र भित्र तीन तला मुनी भूमिगत रुपमा पार्टीले प्रेस संचालन गरेका रहेछन् । पार्टीको मुखपत्र प्राब्दा र अन्य प्रकाशनहरु छाप्ने गरिएको रहेछ । प्रकाशनको सम्पूर्ण कार्य भूमिगत रुपमा कमरेड स्टालिनले गर्नु भएको रहेछ । सरकारले थाह नपाओस् भनेर घरको सडकपट्टी फलफूलको पसल संचालन गरिएको र भित्र भूमिगत रुपमा पार्टी प्रकाशनको कार्य गर्ने गरिएको रहेछ । यसको समग्र अध्ययन गरियो ।

यसका अतिरिक्त मस्कोमा खुला रुपमा विश्वकै पहिलो अन्तरिक्ष यात्री युरी गागरिनले अन्तरिक्ष यात्रा पुरा गरेको यान (रकेट) राखिएको रहेछ । त्यसको अवलोकन गरियो । यसका साथै राजधानी मस्कोमा दोस्रो विश्वयुद्धमा जर्मन हिटलर नाजीवादलाई परास्त गर्न निर्माण गरिएका अत्याधुनिक हातहतियार र मिसाइल समेतको म्युजियमको अवलोकन गरियो ।

 

नोभेम्बर ५ का दिन राती रेल्वे यात्राद्वारा १० घण्टा लगाएर रुसको ऐतिहासिक शहर जुन शहरबाट लेनिन सशस्त्र जनविद्रोहको पहिलो उद्घोष गर्नु भएको स्थान लेनिनग्राद हालको सेयन्ट पिटर्सवर्ग पुगियो र लेनिनग्राद स्थित एउटा होटेलमा हामीलाई बसोबासको व्यवस्था मिलाइएको रहेछ । हामी लेनिनग्रादमा नोभेम्बर ६ देखि १० तारिखका दिन ५ दिन बस्यौं । त्यस अवसरमा २०१७ नोभेम्बर ७ का दिन विश्वका ९५ देशबाट आएका कम्युनिष्ट पार्टीहरुका प्रतिनिधिहरु र रुसी क्रान्तिकारी कम्युनिष्ट पार्टीहरु र जनताको सहभागितामा महान अक्टुबर क्रान्तिले १०० वर्ष पुरा गरेको अवसरमा लेनिनग्रादको विशाल शहरमा विशाल जुलुस निकालियो । मैले पनि जुलुसको नेतृत्व गर्ने मौका पाए । पेरुभियाली कम्युनिस्ट पार्टी फेड्रेशनले एक एक वटा पार्टीको हश्यिा हतौडा अंकित लाल झण्डाहरु उक्त जुलुसकै क्रममा उपहार स्वरुप प्रदान गरेका थिए। ती तिनै झण्डा उठाएर मैले लेनिनग्राद शहरमा अग्रपंक्तिमा रहेर जुलुसको नेतृत् वगर्ने मौका पाएँ । ती ऐतिहासिक झण्डाहरु मैले नेपालमा ल्याएर आएको छु । झण्डा हस्तान्तरणको क्षेण मेरो जीवनको लागि अत्यन्तै अविस्मरणीय रहन गयो ।

 

यस अतिरिक्त आयोजक पार्टी रुसीयन कम्युनिष्ट पार्टीहरु र विश्वभरबाट आएका विभिन्न कम्युनिष्ट पार्टीका प्रतिनिधिहरुका बीचमा गोष्ठी, अन्र्तक्रिया र विचार आदान प्रदान गर्ने काम ऐतिहासिक रुपले सम्पन्न भए । सामुहिक डिनरको व्यवस्था पनि ऐतिहासिक नै रहयो । विश्वभरबाट रुसको ऐतिहासिक शहर लेनिनग्रादमा महान् अक्टुबर क्रान्ति सतवार्षिकी उत्सवमा सहभागी भएका कमरेडहस्तु एउटै श्वरमा लेनिनका योगदानहरु सार्वभौम छन्, ती योगदानहरुलाई रुसमा मात्र सिमित नराखेर संसार भर फैलाउनु पर्दछ र संरक्षण गर्नु पर्छ भन्ने धारणा राखेका थिए । “हराएका छैनन् कम्युनिष्टहरु विश्वबाट” भन्ने गगणफेदी नारा घन्काइएका थिए । सबै कार्यक्रमहरु अत्यन्तै महत्वपूर्ण र ऐतिहासिक रहन गए ।

यसका अतिरिक्त लेनिनग्राद स्थित …. नामक लेनिन म्युजियमको अलेक्जेण्डर, एन्डे« जस्ता असल गाइडरहरुको सहयोगमा समग्र अध्ययन अवलोकन गराइयो । जुन म्युजियममा लेनिनले सशस्त्र विद्रोहको बेला प्रयोग गरिएका समग्र हतियार, औजार र साधन श्रोत तथा जारशाहको सरकारबाट विद्रोह गरेर जन विद्रोहलाई साथ दिन आएका सेनाका जर्नेलहरुको ऐतिहासिक रेकर्डहरु राखिएको रहेछ । त्यस्तै लेनिनग्रादमा रहेको दोस्रो लेनिन म्युजियमको पनि समग्र अध्ययन अवलोकन गराइयो । जुन म्युजियममा सत्ता कब्जा गर्दाको क्षेणको ऐतिहासिक डकुमेन्ट्री प्रदर्शन गराइयो ।

स्टालिन समयमा दोस्रो विश्वयुद्धमा जर्मन हिटलरी नाजीवादलाई ध्वस्त पार्न निर्माण गरिएका हतहतियार र मिसायलको वार म्युजियमको पनि अवलोकन गरियो । साथै रुसी मजदुर सन् १९१७ नोभेम्बर ७ मा सत्ता कब्जा गरिएको वयन्टर दरबारको अध्ययन अवलोकन गराईयो ।
यसका अतिरिक्त लेनिनले सन् १९१७ नोभेम्बर ७ मा सशस्त्र जनविद्रोहको उद्घोष गरेको लेनिनग्रादस्थित मुख्य चोक र अन्य ऐतिहासिक चोक संग्राहलयहरु, लेनिनका ऐतिहासिक सालिकहरु र अन्य ऐतिहासिक स्थानहरुको अध्ययन अवलोकन गरियो ।
सबैलाई थाह भएकै कुरा हो, रुसी मोडेलको समाजवादमाथि प्रतिक्रान्तिकारीहरुले भीषण आक्रमण गरेका थिए र रुसी मोडेलको समाजवादलाई विघटन गराएर रुसमा पुँजीवादको पुनस्थापना गराएका थिए ।

त्यसपछि प्रतिक्रान्तिकारी पुँजीवादी सत्ताधारीहरुले स्टालिनका सम्पूर्ण रुपमा नष्ट पार्ने अभियान संचालन गरेका थिए र उहाँका सम्पूर्ण सालिकहरु ध्वस्त पारि दिएका थिए । हामीहरु जहाँ राजधानी मस्को र लेनिनग्राद जस्ता विशाल शहर र ऐतिहासिक शहरहरुमा पुग्यौं– त्यहाँ कही कतै पनि स्टालिनका सालिकहरु देखेनौं । रुस उजाड पारिएको रहेछ । तर महान् लेनिनका भने सबै स्थानमा मुख्य मुख्य सालिकहरु संरक्षण गरि राखिएको रहेछ । मस्को र लेनिनग्रादमा लेनिनका नाममा बनाइएका म्युजियमहरु उहाँका योगदानहरुलाई संरक्षण गर्ने गरि बचाएर राखिएको पाइयो ।

महान् अक्टुबर क्रान्तिले १०० वर्ष पुरा गरेको अवसरमा सत वार्षिकी उत्सवमा भाग लिन जुन ऐतिहासिक अवसर प्राप्त भयो, त्यस अवसरमा मैले जुन रुसको राजधानी मस्को र रुसकै एक ऐतिहासिक शहर लेनिनग्राद (सेयन्टपिटर्सवर्ग) पुगेर जुन समग्र विषयको अध्ययन गर्ने मौका मिल्यो । त्यसबाट मलाई के अनुभूति भयो भने महान् रुसी अक्टुबर क्रान्ति सम्पन्न गर्न लेनिनको नेतृत्वमा रुसी कम्युनिष्ट पार्टी
(वोल्सेविक) ले गरेको तयारीबाट आज पनि विश्वभरका कम्युनिष्ट क्रान्तिकारीहरुले शिक्षा लिन र पाठ सिक्न जरुरी छ ।

 

क्रान्ति सम्पन्न गरे पश्चात लेनिनको त छोटै अवधिमा देवहसान भयो तर स्टालिन जो सोभियत रुसको लामो समय नेतृत्व गर्ने मौका पाउनु भयो, त्यति बेला उहाँको नेतृत्वमा रुसमा जुन समग्र क्षेत्रमा विकास भयो र रुसलाई त्यति माथि उठाउनमा महत्वपूर्ण योगदान रहयो । समाजवादको विकासको क्षेत्रमा होस्, राजनीतिक तथा सामाजिक विकासका क्षेत्रमा होस र राष्ट्रको भौतिक विकासमा स्टालिनको योगदान रहेको छ । देश बनाउनलाई असल र सक्षम नेतृत्व आवश्यक पर्दछ भन्ने नमूना स्टालिनले प्रदर्शन गर्नु भयो । उहाँबाट हिजो पनि विश्वका क्रान्तिकारी कम्युनिष्टहरुले शिक्षा नलिएका होइनन नै । आज पनि ती लेनिन स्टालिनका शिक्षाहरुका उतिकै आवश्यक र शिक्षाप्रद रहेका छन् भन्ने मलाई ठूलो अनुभूति रहयो ।

 

अर्को ठूलो अनुभूति मलाई के पनि भयो भने लेनिन स्टालिनबाट शिक्षा लिने कुरा मात्र ठूलो कुरा होइन, त्यसलाई क्रान्तिकारी कम्युनिष्टहरुले आ–आफ्नो देशमा लागु गर्ने कुरा सबै भन्दा ठूलो कुरा हो । साथै यसको प्राप्तिको लागि माक्र्सवादी गतिशिल एक वैज्ञानिक सिद्धान्त भएकाले माक्र्सवादी मापदण्डभित्र रहेर विचारको विकास गर्ने, त्यसको प्रयोग र संरक्षण गर्ने कुरा नै अर्को महत्वपूर्ण कर्तव्य हो विश्वभरका क्रान्तिकारी कम्युनिष्टहरुको भन्ने ठूलो अनुभूति बोकेर म नेपाल फर्किए ।