नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले जनताले सङ्घीयता नबुझेको दाबी

चितवन भदाै ३०। नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले जनताले सङ्घीयता नबुझेको दाबी गरेका छन् ।शनिबार भरतपुरमा पत्रकारसँग कुराकानी गर्दै उनले संविधानमा व्यवस्था भएअनुसार सङ्घीय सरकारले प्रदेशलाई अधिकार प्रत्यायोजन गर्न नसकेको बताए ।

 

उनले जनता र नेताले संघियताको बारेमा बुझ्न नसक्दा यसको कार्यान्वयनमा समस्या देखिएको बताएका छन् । उनले भने, ‘सङ्घीयताका विषयमा सरकार, राजनीतिक दलका नेता र आम जनताले अझै बुझ्न सकेका छैनन् ।’

 

एक्दुईवटा निर्वाचनपछि सङ्घीयता कार्यान्वयन सहज भएर जाने पनि उनले बताए । महामन्त्री कोइरालाले काङ्ग्रेसले प्रतिपक्षको भूमिका राम्रोसंग निर्वाह गरिरहेको बताए । उनले भने, ‘सरकारका राम्रोलाई राम्रो र गलतलाई गलत भन्नुपर्छ । कांग्रेस जिम्मेवार प्रतिपक्षी भएकाले सरकारका हरेक गतिविधिलाई नजिकबाट हेरेर मूल्याङ्कन गर्नेछ ।’

फरक प्रसङ्गमा उनले देशभरका नेता कार्यकर्ताको राय बुझेर आफूले पार्टीको सभापतिमा उम्मेदवारी दिने वा नदिने टुङ्गो लगाउने बताए ।