लागूपदार्थ खुवाएर कुकुर बलात्कार गर्ने पक्राउ

एजेन्सी। क्यालिफोर्नियामा एक व्यक्ति कुकुरलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । आरोपीमाथि कुकुरलाई ड्रग्स दिएको आरोप पनि लगाइएको छ ।

 

२२ वर्षीय क्रिस्टोफर एलेक्जेण्डरलाई सीसीटीभी फुटेजका आधारमा पक्राउ गरिएको हो । फुटेजमा क्रिस्टोफर एक असहाय कुकुरसँग घन्टौंसम्म यौनक्रिया गरेको देखिएको छ । कुकुरका मालिक भने जनिकै सुतिरहेका थिए ।

क्रिस्टोफरमाथि चोरी, सेक्सुअल कुकृत्य, कुकुरसँग यौन सम्वन्ध राखेको आरोप लगाएको छ । कुकुरका मालिक डेली ब्रीजले भनेका छन्(यो अमानवीय कार्य हो । मलाई थाहा छैन कि यसलाई के भनुँ । यस्तो पनि हुनसक्छ भनेर मैले कहिल्यै सोचेको थिइन ।’

 

यसअघि पनि कुकुर अनौठो ढंगले भुकेको थियो । लगतै उनले सेक्युरिटी क्यामरा जडान गरेका थिए, जसबाट क्रिस्फोटरको कुकृत्य सार्वजनिक भएको छ ।

यो पनि पढनुहाेस् 

नेपालकै पहिलो घटना कुकुर कुटेको भन्दै प्रहरीद्वारा दुई युवालाई पक्राउ गरी मुद्धा चलाईयाे

काभ्रे । कुकुर कुट्दा बनेपका दुई युवा जेल परेका छन् । प्राप्त भएको समाचार अनुसार ककुर कुटेकै अभियोगमा म्याद थप गरी मुद्दा चलाइएको यो पहिलो घटना हो ।बनेपा–७ का संविधानबहादुर जोशीका कुकुर कुट्ने र धम्क्याउने दुई युवालाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको हो ।

 

घर पालुवा जनावर कुटेको उजुरी इलाका प्रहरी कार्यालयले दर्ता गरेपछि खानीखोला गाउँपालिका ७ घर भई हाल बनेका बस्दै आएका १९ वर्षीइ सुरेश ब्लोन र धुलिखेल १ का २८ वर्षिय राज लामामाथि मुद्दा चलाइएको हो ।

 

उनीहरुले जोशीको घरमा बाँधेर राखिएका कुकु टमी र कालीलाई रडले हानेर खुट्टा भाँचिदिएका थिए । सन्तानझैं माया गरेर पालेका कुकुरलाई कुटपिट गरेको जोशीले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ ।