ठमेलबाट चिनियाँ नागरिक ५० लाख रकम सहित पक्राउ

काठमाडौँ, ३१ भदौं । महानगरीय अपराध महाशाखाले रु ५० लाख नेपाली रकमसहित दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।महाशाखाको टोलीले अवैधरुपमा रकम बोकेर हिँडिरहेको अवस्थामा गेसनगेनामु र जिया टालाई शुक्रबार ज्याठा ठमेलबाट पक्राउ गरेको हो ।

 

महाशाखाका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले स्रोत नखुलेको रकम अवैधरुपमा बोकेर हिँडिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।

 

बरामद रकमसहित दुबैजनालाई राजश्व अनुसन्धान विभाग हरिहरभवन पठाउने तयारी भइरहेको प्रहरी उपरीक्षक राठौरले बताउनुभयो । पक्राउ गरिएकासँग थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।रासस