उन्नाइस वर्षमुनिको एकदिवसीय क्रिकेटमा नेपाल चौथो

काठमाडौं असाेज २। भारतको लखनउमा सम्पन्न उन्नाइस वर्षमुनिको एकदिवसीय क्रिकेट शृखलामा नेपालले चौथो स्थान हासिल गरेको छ ।
लखनउस्थित एकान अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको तेस्रो स्थानकोे भिडन्तमा नेपाल अफगानिस्तानसँग ७१ रनले पराजित भएसँगै चौथो स्थान हासिल गरेको हो ।

 

टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले नेपाललाई २४५ रनको लक्ष्य दिएको थियो । अफगानिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै २४४ रनको योगफल बनायो । जवाफी व्याटिङमा उत्रेको नेपालले ४५ ओभरमा सबै विकेट गुमाउँदै १७३ रनमा समेटियो ।

 

त्यस्तै प्रतियोगिताको उपाधि भने भारतको बि टोलीले हात पारेको छ । आजै भएको फाइनल खेलमा भारतको बि टोलीले भारतकै ‘ए’ टोलीलाई १० रनले पराजित गर्दै उपाधि जितेको हो ।

 

अफगानिस्तानको जीतमा रियाद हशनले सर्वाधिक ११७ रन जोडे । उनले १४९ बलमा २ छक्का र १२ चौका प्रहार गरे । त्यसैगरी बसिर खान सिरले ३२ तथा अरिफ खान दलवतजाईले २४ रन जोडे । बलिङतर्फ नेपालका सागर ढकाल, पवन सराफ र मोहम्मद सांसद आलमले २÷२ विकेट लिएका थिए ।

 

यता नेपालका लागि भने मोहमद आशिफ शेख र लोकेश बामले २५-२५ रन जोडे । अरुण ऐरीले २४, पवन सर्राफले २३, सुनदीप जोराले १८, भीम सार्कीले १६, रीत गौतमले १४, मोहमद सांसद आलमले १२ तथा कमल ऐरीले ११ रन जोड्नुबाहेक अन्यले दोहोरो रन बनाउन सकेनन् ।