प्रदेश सरकारका मन्त्री नै संविधान विरोधी

काठमाडौं असाेज ३। जितेन्द्र सोनल प्रदेश २ का भौतिक पूर्वाधार तथा विकास मन्त्री हुन् । मधेसवादी दल राष्ट्रिय जनता पार्टी (राजपा) का महामन्त्री सोनललाई संविधानको विरोधमा आयोजित कालो दिवसका लागि पार्टीले सप्तरीको कमान्ड सुम्पेको छ ।

 

सोमबार उनलाई भेट्न सिंचाइका प्राविधिक र कर्मचारीको मन्त्रालयमा ताँती लागेको थियो। मन्त्री सोनल भने कालो दिवसको तयारीमै व्यस्त थिए। मन्त्रालयको कार्यकक्षबाटै मन्त्री सोनलले संविधान विरोधी गतिविधि गर्न फोनमा नेतारकार्यकर्तालाई दिइरहेको निर्देशन सुनेर उनलाई भेट्न गएका कर्मचारी छक्क परे।

 

मन्त्री सोनलले कमान्ड सम्हालेको सप्तरीका राजपाका नेतारकार्यकर्तालाई विरोध र्‍याली र मंगलबार साँझको ब्लायक आउट सफल बनाउन तारन्तार फोन गरिरहेका थिए।

 

संविधान दिवसको अवसरमा कालो दिवस भन्दा संविधानमा रहेको असहमति दर्ज गर्न खोजेको मन्त्री सोनलले बताए। ‘मधेसी र मधेसलाई संविधान स्वीकार्य छैन, ’ मन्त्री सोनलले भने, ‘असोज ३ गते हातमा कालोपट्टि र टाउकोमा कालो कपडा बाँधेर संविधानमा विरोध दर्ज गराउने छौँ।’

 

मन्त्री सोनल भने संविधान जारी भएको दिन सुनौलो दिन रहेको स्वीकार गर्छन्। तर फेरि भन्छन्, ‘संविधान जारी भएको दिन हामीलाई जेलमा कोच्यो,’ सोनलले भने, ‘हातमा हतकडी लागेको दिन हाम्रो लागि सुनौलो भएन। कालो दिन बनाइयो।’ उनले मधेसीको हक अधिकारका लागि मन्त्री भएपनि आन्दोलनमै रहेको दाबी गरे। आजको कान्तिपुरबाट।