श्रीमती अर्कैसँग भागिन् भन्ने सोचेर एक्लै गाउँ फर्किए, वास्तविकता थाहा पाउँदा उड्यो होस

काठमाडाै।  तीन महिनाअघि विवाह गरेकी पत्नीलाई लिएर काम गर्न शहर गएका युवककी पत्नी एक्कासी हराइन् । कुनै जानकारी नदिइ एक्कासी पत्नी हराएपछि ती युवकलाई लाग्यो कि उनकी पत्नी उनलाई छाडेर अर्कैसँग भागिन् । तर, जब उनले वास्तविकता थाहा पाए त्यसपछि भने उनको होसहवास उड्यो । उनले आफैंले आफैंलाई धिक्कार्न थाले ।

 

ती युवक १९ वर्षका छन् । उनको विवाह ३ महिनाअघि १६ वर्षकी एक किशोरीसँग भएको थियो । उत्तर प्रदेश अलीगढका यी दुई विवाहलगत्तै काम खोज्नको लागि गाजियाबाद हिँडे । बाटोमा ट्रेनमा उनीहरुको एक व्यक्तिसँग चिनजान भयो । ती व्यक्तिले आफूलाई कन्ट्रयाक्टर भने । उनले ती युवकलाई गाजियाबादमा काम पनि दिलाइदिए । त्यसपछि उनीहरुको सम्बन्ध अझै नजिकियो ।

 

केही दिनअघि युवक काममा गएको बेला ती व्यक्ति उनकेा कोठामा आए । त्यहाँ उनकी नाबालिग पत्नी मात्र थिइन् । उनले पत्नीलाई पनि काम लगाइदिने भन्दै सँगै जान भने । किशोरीले पनि पहिले पतिलाई काम लगाइदिइसकेको हुँदा उनलाई विवास गरेर उनीसँग हिँडिन् । उनले किशोरीलाई दिल्लीको शकुरबस्ती पुर्याए । त्यहाँ एउटा घरमा लगेर बलात्कार गरेर फरार भए ।

 

उता साँझ कामबाट फर्किएका पतिले पत्नीलाई देखेनन् । पत्नीले न कतै खबर गरेकी थिइन् न कुनै चिठी नै छोडेकी थिइन् । उनलाई लाग्यो पत्नीले धोका दिएर अर्कैसँग भागिन् । युवक पनि पत्नी अर्कैसँग भागेको ठानेर एक्लै गाउँ फर्किए । पीडित पत्नी भने दिल्लीको पंजाब बाग क्षेत्रमा एक्लै वेवारिसे घुमिरहेकी थिइन् । उनलाई समस्यामा देखेर कसैले पुलिसलाई खबर गरिदियो ।

 

पुलिसलाई ती किशोरीले सबै कुरा बताइन् । पुलिसले उनको बयानको आधारमा मुद्दा दर्ता गरायो र आरोपीको खोजी तीव्र बनायो । पुलिस उनका पतिलाई खोज्न गाजियाबाद पनि गयो तर उनी त्यहाँबाट काम छोडेर गाउँ फर्किइसकेका थिए । पुलिस अलिगढ पुग्यो । पुलिससँग कुरा गर्दा उनले भने कि उनी त पत्नीले धोका दिएर भागेको ठानेर गाउँ फर्किएका थिए । पुलिसले बुधबार आरोपीलाई पक्राउ गरेको छ ।