तपाईका लागि यस्तो छ आजको राशीफलआज मिति २०७५ साल असोज ७ गते आईतबार

मेष :-आम्दानीलाई वचतमा परिवर्तन गर्नु होला । खर्च नियन्त्रण गर्नु भएन भने पछि समस्यामा परिनेछ । व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दानी हुनेछ । आफन्तजनबाट वोलीको सहयोग पाईनेछ । आएको अवसरको सदुपयोग गर्नुहोला । शत्रु कमजोर बन्नेछन् । नोकरी तथा राजनीतिबाट फाइदा लिन सकिनेछ ।

 

वृषः– कार्य प्रगतिका दृष्टिले दिन उत्तम नै देखिन्छ । सहज र सरल विधिबाट कार्य सम्पादन हुनेछन् । काम गर्दा नाम र दाम दुवै मिल्नेछ । पठन पाठनमा प्रगति हुनेछ । कुरा काट्नेहरु समर्थनमा आउने छन् । सामाजिक क्षेत्र लगाएतका ठाँउबाट मान सम्मान मिल्नेछ । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् ।

 

मिथुनः– आध्यात्मिक चिन्तन बढ्नेछ । अरुको भलाईमा दिन व्यतित नहोला भन्न सकिन्न । व्यापार व्यवसायमा खासै प्रगति हुने देखिन्न । फलदायी यात्राको सम्भावना देखिन्छ । नोकरी तथा राजनीतिबाट सन्तुष्टि कम मिल्नेछ । पढाई लेखाईमा भने थोरै प्रगति हुनेछ । आर्थिक कारोवारमा भने विशेष ध्यान दिनुहोला ।

 

कर्कटः– अकल्पनीय कुरा हुनसक्छन् । पौराणिक कुरा नष्ट हुनसक्छन् । सयोग गर्ने भन्द खुट्टो तान्नेको संख्या बढि हुनेछ । काम गर्ने बातावरण त्यति सहज देखिदैन । भाग्यले कम साथ दिनेछ । मानसिक तनाव बढ्न सक्छ । जोखिम मोलेर नयाँ क्षेत्रमा लगानी नबढाउनु होला । पारिवारिक सुखमा कमि आउने देखिन्छ ।

 

सिंहः– दामपत्य जीवनमा सुख शान्ति छाउने छ । देश,देशान्तरका उद्योग,धन्दा बन्द व्यापारबाट लाभान्वित हुनुहुनेछ । आर्जित धनलाई वचतमा परिणत गर्न गाह्रो हुनेछ । जीवन साथीको सहयोगमा महत्वपूर्ण काम हुनेछन् । विदेश यात्राको सम्भावनालाई नकार्न सकिन्न । लोभ मोह बढ्नेछ । काममा ढिला सुस्ति नगर्नु होला ।

 

कन्याः– महत्वकाँक्षा जाग्नेछ । गोपनियता अप्नाएर कार्य योजना अगाडि बढाउनु होला । सहज रुपमा काम गर्न दिने छैनन । स्त्री एवं सन्तानको चिन्ताले छोड्ने छैन । मेहनतका साथ गरेका काम सफल हुनेछन् । धन दिने काम नगर्नु होला । मातृ सुखमा कमि आउनेछ । विरोधीसँगको लडाईमा विजय प्राप्त होला । आम्दानी हुनेछ ।

 

तुलाः– समस्या केहि घट्ने छन् । आत्मज्ञान बढ्नेछ । सवैलाई आफ्नो नठान्नु होला । दूर्जनका कारण धन खर्च हुनेछ । पढाई लेखाईमा मन जानेछ । वौद्धिक व्यक्तित्व सँग भेटघाट हुनेछ । सन्तान सुख मिल्नेछ । स्त्रीको सहयोग लिएर काम गर्दा केहि सहज हुनेछ । घर वाहिर बढि आनन्द मिल्नेछ । मातृ सुखमा कमि आउनेछ ।

 

वृश्चिकः–अनुकुल बातावरणमा काम गर्न पाईने छैन । विभिन्न समस्याले घेर्नेछ । घरका कुरा धेरै गर्नु पर्ला । घरयासी प्रयोजनको लागि समान खरीद गर्नु पर्ला । मनमा एक प्रकारको चिन्ताले बास गरि रहनेछ । आहार विहार नमिल्दा स्वास्थ्यमा खरावी हुनसक्छ । धार्मिक काममा धन खर्च हुनेछ । दया मायाँ गर्नेको संख्या कम हुनेछ ।

 

धनुः– सामान्यतया ग्रह गोचर अनुकुल देखिन्छ । उद्योग,पराक्रम बढ्नेछ । व्यापार व्यवसायबाट आम्दानी राम्रो हुनेछ । आफ्नो काम गर्न आफै सक्षम हुनुहुनेछ । काम गरेर अरुबाट प्रशंसा भने पाईने छैन,उल्टो कुरा काट्ने छन् । राजनीति लडाईमा जीत हुनेछ । आर्थिक कारोवार गर्दा चनाखो हुनुहोला । अरुको भर धेरै नपर्नु होला ।

 

मकरः–पूजा आचा धर्म कर्ममा मन जानेछ । ऋण लगानी नगर्नु होला डुब्न सक्छ । इष्टमित्र साथी भाईमा अल्प प्रेम होला । हृदयबाट सहयोग गर्ने कोहि हुने छैन ।विवाद देखि टाढा बसी आफ्नो काममा दत्तचित्त भएर लाग्नुहोला । मेहनतपूर्वक गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । मनमा भ्रम पालेर नबस्नु होला ।

 

कुम्भः– काम गर्ने उत्साहा बढ्नेछ । काममा देखिएका समस्या कम भएर जाने छन् । अनावस्यक खर्चमा कमी आउने छ । व्यापार व्यवसायमा सुधार आउनेछ । आम्दानी बढ्नेछ । भोज भतेर,धार्मिक कार्यमा सहभागि हुन पाईनेछ । नोकरी तथा राजनीतिमा अधिकारको खोजी हुनेछ । उधारो कारोवार भने नगर्नु होला । वचतमा जोड दिनुहोला ।

 

मीनः– प्रतिकुल परिस्थितिको सामना गर्नु पर्ला । पढाई लेखाईमा सन्तोषजनक प्रगति हुने छैन । उपलब्धिका काम ओझेलमा पर्नेछन् । व्यापार व्यवसायमा गिरावट आउनेछ । अनावस्यक खर्च बढ्नेछ । परिवारको स्वस्थ्यमा समस्या आउनेछ । जोखिम मोलेर कुनै काम नगर्नु होला । मिथ्या कुराले सताउनेछ । झुट्टा आरोप लाग्न सक्छ ।